यस्तो छ, लेक्सस ईएस–३०० एच

भारतको मुम्बईमा आयोजित ‘अटोकार पर्फेमेन्स शोमा’ लेक्सस ईएस–३०० एच प्रदर्शन गरिएको छ । सातौँ जेनेरेशन लेक्सस ईसएसको मूल्य ५९ लाख १३ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

कम्पनीका परियोजना प्रमुख यासुओ कान्जिओले लक्जरियस सेडान कारमा आकर्षक डिजाइन तथा विशेषता दिएको बताएका छन् ।

नयाँ कारको फ्रन्टमा निकै सार्प–लूक दिइएको छ भने, आकर्षक ग्रील लगाइएको छ । यस मोडलमा भर्टिकल ग्रील प्याट्रन र साटिन प्लेटेड ट्रिम दिइएको छ । इन्साइड प्रोफाइलमा डाइनामिक शेप दिइएको छ भने लो–बुडहूड लाइन, रुपलाइन, एलईडी टेलल्याम्प्स, एल–सेप डिजाइनलगायतका विशेषता थपिएको छ । 

यसमा २.५ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन उपलब्ध छ । यसले अधिकतम् २१८ पीएस पावर उत्पादन गर्छ । यस मोडलले प्रतिलिटर २२.३७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यसको अलवा यस मोडलमा ७ इन्च एलईडी इन्स्ट्रुमेन्ट क्लस्टरकासाथै डिजिटल स्पीडोमिटर र लार्ज–साइज मल्टी इन्–फर्मेशन डिस्प्ले, हेडअप डिस्प्ले, १२ इन्च इलेक्ट्रो मल्टीभर्सन, वाएरलेस स्मार्टफोन चार्जलगायतका विशेषता छन् । 

त्यतिमात्रै नभई सुरक्षालाई मध्यनजर गर्दै एबीएस ईबीडी ब्रेकिङ सिस्टमकासाथै हिल स्टार्ट असिस्ट, १० एयरब्याग, एन्टीथेफ्ट सिस्टमजस्ता फिचर दिइएको छ । 


Back_to_top