यसरी वर्षियो आकाशबाट डलर, सडकमा टिप्नेको भिड (भिडियोसहित)

अमेरिकाको व्यस्त सहर न्यू–जर्सीको एक हाई–वेमा अकस्मात आकाशबाट पैसा वर्षन थालेपछि पैसा टिप्ने मानिसको घुईंचो लागेको थियो । सामाजिक सञ्जालमा निकै भाइरल भएको उक्त भिडियोमा १००, ५०, १० र ५ डलरसम्मका नोट हावामा उडेको देख्न सकिन्छ । कल्पनासमेत गर्न नसकिने गरी हावाबाट पैसा झर्न थालेपछि बीच सडकमा गाडी रोकेर पैसा टिप्नेको तँछाड–मछाड भएको थियो । 

उक्त समयमा सामान्य दुर्घटना भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार पैसाले भरिएको ट्रकको ढोका एक्कासी खुलेपछि पैसा उडेको हो । हावामा नै उडेर झन्डै दुई लाख ९५ हजार डलर हराएको प्रहरीले जनाएको छ । ट्रकको ढोका एक्कासी खोलिएपछि ५ लाख १० हजार डलर रहेको प्लास्टिकको झोला भूईंमा खसेको थियो ।त्यसपिछ उक्त रकम हावामा उड्न थाल्यो ।

ट्रक ड्राइभर र सुरक्षा एजेन्सीका कर्मचारीले करिब दुई लाख ५ हजार डलरमात्रै जम्मा पार्न सकेका थिए । बाँकी करिब ३ लाख डलर भने हराएको छ । 


Back_to_top