भारतीय अटोमोबाइल्स कम्पनीले गत फेस्टिभ सिजनमा समेत आकर्षक व्यापार गर्ने सकेका छैनन् । मारुती सुजुकी कम्पनीले २०१८ नोभेम्बरमा ४८ प्रतिशत मार्केट सेयरलाई बढाएर ५४ प्रतिशत पुर्याएको छ । सुजुकीले संख्यात्मक बिक्रीको आधारमा गतवर्षको तुलनामा यो वर्ष निराशाजनक व्यापार गरेको हो ।
यसको मात्रै नभई प्रतिस्पर्धी कम्पनीको समेत व्यापारमा कमी आएको छ । २०१८ को नोभेम्बरमा मारुती सुजुकीको डोमेस्टिक सेल्स ५ प्रतिशतले बृद्धि भएको छ । नोभेम्बरमा १ लाख ४३ हजार ८ सय ९० युनिट कार बेचेको यस कम्पनीले ५४ प्रतिशत मार्केट सेयर प्राप्त गरेको छ । अक्टोम्बरमा भने १ लाख ३५ हजार ९ सय ४८ युनिट बेचेको थियो ।
नोभेम्बरमा प्यासेन्जर भेहिकलको व्यापारमा ४ प्रतिशतले गिरावट आएको थियो । यसअन्तर्गत, हुन्डाई, होन्डा, फोर्डलगायतका कम्पनीको व्यापारमा समेत कमी आएको छ ।
हुन्डाईले अक्टोम्बरमा ५२ हजार १ युनिट कार बेचेको थियो । यसको मार्केट सेयर १८ प्रतिशत रहेको थियो । नोभेम्बरमा ४३ हजार ७ सय ९ युनिट कार बेचेको छ भने १६.४ प्रतिशत मार्केट सेयर प्राप्त गरेको थियो । कम्पनीले अक्टोबरमा नयाँ मोडल हुन्डाई सेन्ट्रो बजारमा ल्याएको थियो ।
होन्डा महिन्द्रा, फोर्ड र टोयोटाको समेत बजार हिस्सा घटेको छ । अक्टोम्बर नोभेम्बरमा टाटा मोट्र्सको मार्केट सेयरको आँकडामात्रै ६.८ प्रतिशत रहेको थियो । नोेभेम्बरमा हुन्डाई, मारुती र टाटा तीन ब्रान्डले २ लाख ५ हजार युनिट कार बेचेका छन् । त्यसमा ७७ प्रतिशत मार्केट सेयर होल्ड गरेको देखिन्छ ।
यसकासाथै, महिन्द्रा, होन्डा र फोर्डले मात्रै ४७ हजार युनिट कार बेचेका छन् भने १७ प्रतिशत मार्केट सेयर होल्ड गरेका छन् । यसरी, छ वटा कम्पनीले २ लाख ५२ हजार कार बेच्दै भारतीय मार्केटमा ९४ प्रतिशत हिस्सा ओगटेका छन् ।


