लाइसेन्स छपाइ ३ दिन बन्द हुने

काठमाडौं । अत्यावश्यक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ कार्य ३ दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै यही जेठ २७ गतेदेखि २९ जेठसम्म अत्यावश्यक लाइसेन्स छपाइ बन्द हुने जानकारी गराएको हो ।

स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नका लागि लाइसेन्स छपाइ बन्द गर्न लागिएको विभागले जनाएको छ । उक्त अवधिमा अत्यावश्यक लाइसेन्स आवश्यक पर्नेले जेठ २५ गतेभित्रै आवेदन बुझाइ एप्रोभ गर्न विभागले आग्रह समेत गरेको छ ।

‘यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने हुँदा उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२ । ०२ । २५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।


Back_to_top