काठमाडौं । मुम्बई बेसको टेक्नलोजी स्टार्टअप कम्पनी लाइगर मोबिलिटीले अटो एक्स्पो २०२३ मा दुईवटा मोडलको इलेक्ट्रीक स्कुटर डिस्प्ले गरेको छ ।
हुन त यो एक्स्पोमा स्थापित कम्पनीहरू बजाजदेखि, टीभीएस तथा हिरो मोटोकर्पले समेत आफ्नो इलेक्ट्रीक स्कुटर देखाएका छन् । तर पनि लाइगरले देखाएको दुई स्कुटर खास रहेका छन् ।

बुधवार शोकेस गरिएको दुई स्कुटरहरू लाइगर एक्स तथा लाइगर एक्सप्लसको खास विशेषता भनेको यी स्कुटरहरू सेल्फ ब्यालेन्स फिचरका साथ आएको छन् । अर्थात यी दुवै स्कुटरलाई रोकेपछि भूइँमा खुट्टाले सपोर्ट दिनु पर्दैन । स्कुटर रोकिएपछि यी स्कुटरहरू मात्र दुई चक्काको सहाराले आफैं उभिन सक्छन् । लाइगरको सेल्फ ब्यालेन्सिङ टेक्नलोजीले हाइस्पीडमा समेत स्टेबिलिटी प्रदान गर्ने कम्पनीको दाबी गरेको छ ।
लाइगर एक्स र एक्सप्लस ग्रे,पोलार ह्वाइट, ब्ल्यू, टाइटेनियम तथा रेड गरी ६ फरक फरक कलर अप्सनमा उपलब्ध रहेको छ । यसमा स्ट्रङ बडी स्ट्रक्चरका साथै इनोभेट न्यू डिजाइनको एलईडी लाइट रहेको छ ।

यी स्कुटरहरू फोरजी तथा जीपीएस सुविधा सहितका छन् । यसको एपले चालकलाई स्कुटरको लाइभ लोकेसन, राइड हिस्ट्री, ब्याट्री चार्ज तथा टेम्प्रेचर आदि देखाउँछ । यसको राइडलरले एक्सिडेन्ट र सर्भिसको रिमाइन्डरको अनलाइन अलर्ट पाउनेछन् । यो स्कुटरमा टर्न बाइ टर्न न्याभिगेसनका साथै राइडरले कल तथा म्यासेज टीएफटी डिस्प्ले युनिटमै हेर्न सक्नेछन् ।

यसमा लिथियम आयोन ब्याट्री प्याकरहेको छ जसले एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने यी स्कुटरको म्याक्सिमम स्पीड ६५ किलोमिटर प्रतिघण्टा सम्मको हुनेछ ।
लाइगर एक्समा डिट्याचेबल ब्याट्री रहेको छ जसलाई ३ घण्टा भित्र फुल चार्ज गर्न सकिन्छ । लाइडर एक्सप्लसमा ननडिट्याचेवल ब्याट्री रहेको छ जसलाई फुल चार्ज गर्नका लागि ४ घण्टा ३० मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

ट्राफिकमा होस् वा टोल तिर्दा कुनै पनि समय खुुट्टाले भूइँमा टेकेर स्कुटरलाई अडाउन नपर्ने लाइडरको स्कुटरहरू यसै वर्षको अन्त्यसम्म बिक्री सुरू हुने जनाइएको छ । कम्पनी स्रोतका अनुसार लाइडर एक्सको मूल्य ९० हजार तथा एक्सप्लसको मूल्य केही माथि हुनेछ ।


