बिजुली दाइले किने ‘दिपल एस-०७’

काठमाडौं । बिजुली दाइको नामले परिचित लोकेश ओलीले नयाँ दिपल एस-०७ किनेका छन् । यसअघि महिन्द्रा, एमजी, टेस्ला जस्ता ब्राण्डका कार चढ्दै आएका ओलीले दिपल एस-०७ खरिद गरेका हुन् ।

यसअघि बजारमा आएका सबैजसो गाडी रिभ्यू गर्दै आएका उनले आफुलाई एउटा गाडी किन्नु पर्ने अवस्था आएको समयमा दिपल-०७ ठिक लागेर किनेको बताए ।

ईभीमा निकै लामो अनुभव भएका ओलीले चांगनको प्रिमियम सब ब्रान्ड दिपलको भर्खरै नेपालमा लन्च भएको दिपल एस०७ लिएका हुन् ।

‘यसमा रियल ह्वील ड्राइभ, एचयुडी, सनफ्लावर टचस्क्रिन र चार वटा ड्राइभ मोड लगायतका फिचर छन् । त्यसैले टेष्ट ड्राइभ गर्दा नै मलाई मनपरेको थियो । त्यसैले किने’, उनले मेरोअटोसँग भने ।


Back_to_top