काठमाडौं । आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा ६४० किलोमिटर रेन्ज दिने प्रिमियम एसयूभी सार्वजनिक हुने भएको छ ।
जी ईभीले नेपाल ल्याउने नयाँ ब्राण्डको एसयूभी नेपाल आएसँगै सबैभन्दा धेरै रेन्ज दिने मोडल बन्ने छ । कम्पनीले सम्भवत भोलि कुन ब्राण्डको गाडी नेपाल ल्याउन लागेको हो भन्ने विषयमा जानकारी दिने जनाएको छ ।
‘नाडा अटो शोमा हामी नयाँ एसयूभी प्रदर्शनी गर्दैछौं । तर, ब्राण्ड लगायतका विषयमा भने एक दुई दिन भित्रै आधिकारीक जानकारी दिने योजना छ’, जी मोटर्स स्रोतले भन्यो ।
कम्पनीले नेपाल ल्याउने नयाँ एसयूभीमा ८५.९७ किलोवाट आवर ब्याट्री दिइएको छ । साथै, उक्त गाडी १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध हुनेछ ।
कम्पनीले नेपाल ल्याउन लागेको इलेक्ट्रीक ब्राण्ड भने चीनमा उत्पादन भएको हुने जनाएको छ । जी मोटर्सको रुपमा यसअघि रेनो ब्राण्डको डिलर भएर काठमाडौं र भक्तपुरमा गाडी बिक्री गर्दै आएको कम्पनीले अब भने आफैँ नयाँ ब्राण्डको गाडी ल्याउन लागेको हो ।

