माछापुच्छ्रे बैंकको ८ शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ८ शाखा रहित बैकिङ सेवा बिस्तार गरेको छ । बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखा रहित बंैकिङ सेवा एकैपटक संचालनमा ल्याएको हो । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिको कोट र पाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ । 

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ५२ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । साथै, बैंकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा रहेको छ । ग्राहक सेवा केन्द रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ 


Back_to_top