काठमाडौं । भारतको सबैभन्दा ठुलो एसयुभी गाडी निर्माता कम्पनी महिन्द्राले ९ सिटर टीयूभी ३०० प्लसलाई भारतीय बजारमा सार्वजनिक गरेको छ ।
सस्तो मूल्यमा धेरै मानिसले सहज यात्रागर्न सक्ने यो एसयुभीमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ, जसले १२० बीएचपी पावर र २८० एनएम टर्क उत्पादन गर्छ ।
भारतीय बजारमा यो एसयुभी ९ लाख ४७ हजार भारुमा ग्राहकले खरिद गर्न सक्ने छन् । यो गाडी महिन्द्राले यसअघि ल्याएको कम्प्याक्ट एसयूभी टीयूभी ३०० मा आधारित भएर उत्पादन गरिएको हो ।
यसलाई कम्पनीले तीन फरक भेरियन्टमा बजारमा ल्याएको छ । पी ४, पी ६ र पी ८ कम्पनीले ल्याएको भेरिएन्ट हो । त्यसैगरी अन्य फिचरमा ७ इन्चको टचस्क्रिन इनफोटेनेमन्ट सिष्टम विथ नेभिगेसन, माइक्रो हाइब्रिड प्रविधि जस्ता सुविधा उपलब्ध छन् ।