मोदी सरकारको निर्णयले दुई बर्षमा ९० अर्ब कमाएको अटो कम्पनी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अटो क्षेत्रमा गरेको कडाईका कारण मिन्डा कम्पनी भारतकै सबैभन्दा ठूलो अटोमोेवाइल कम्पोनेन्ट बनाउने कम्पनी बनेको छ । सरकारले चालेको सेफ्टी रेगुलेशनले मिन्डा कम्पनीलाई धेरै फाइदा पुगेको छ । विगत ५ वर्षदेखि मिन्डाको सेयरमा पनि उछाल आइरहेको छ ।

मिन्डाले लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूदेखि भारतमा सबैभन्दा धेरै कार निर्माण गर्ने कम्पनी मारुति सुजुकसम्मलाई अटो कम्पोनेन्टस् उपलब्ध गराउँदै आएको छ । पछिल्लो ५ वर्षमा कम्पनीले आफ्ना सेयर होल्डरलाई १ सय ७ प्रतिशत रिर्टन दिएको जनाएको छ । 

सेफ्टी रेगुलेशनको कडाईपछि मिन्डाको पर्फमेन्समा उच्च वृद्धि भइरहेको छ । भारत सरकारले २०१९ जुलाईदेखि एयरब्याग, रिवर्स पार्किङ सेन्सर साथै स्पीड वार्निङजस्ता सेफ्टी इकुप्मेन्टहरु सबै प्रकारका कारहरुमा अनिवार्य गेरेको छ, जसको फाइदा मिन्डालाई भइरहेको छ । 

मिन्डाले पछिल्लो वर्षमा ५ ज्वाइन्ट भेञ्चर खडा गर्दै एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, एयरब्याग अलोयह्वीलजस्ता आफ्नो उत्पादनमा वृद्धि गरेको छ ।  

बम्बै स्टक एक्सचेञ्जकाअनुसार पछिल्लो २ वर्षमा मिन्डा कम्पनीले ९ हजार करोड भारतीय रुपैयाँ कमाएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ सय ३५ करोड खुद नाफा कमाएको जनाइएको छ । 


Back_to_top