कम्प्याक्ट सेडानमा फोर्डको नयाँ फिगो अाउँदै, २०१९ मा मात्रै नेपालमा

काठमाडौं । भारतीय बजारमा कम्प्याक्ट सेडान सेग्मेन्टमा मारुति सुजसकी डिजायर र होन्डा अमेज, टाटा टिगोर र हुन्डाई एसेन्टजस्ता अपडेटेड मोडलका सेडान कारहरुमा तिब्र प्रतिस्पर्धा भइरहेको छ । 

त्यस्तोमा अमेरिकन कम्पनी फोर्डले साउथ अफ्रिकामा चर्चित रहेको फिगो सेडानलाई परिमार्जित गरेर भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले भारतीय बजारलाई मध्यजनर गर्दै यो कारको लम्बाईसमेत घटाएको छ ।

हालै फोर्डले दक्षिण अफ्रिकामा एस्पायर भर्जनको टाइटानियम मोडल सार्वजनिक गरेको छ । यसमा लगाएको ठूलो अलोई ह्वील, टचस्क्रीन इन्फोनेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोलजस्ता विशेषताले बजारमा रहेका अन्य कम्प्याक्ट सेडान कारसँग सजिलै प्रतिस्पर्धा हुने कम्पनीले विश्वास लिएको छ । 

नयाँ एस्पायरको बाहिरी आवरण ह्याचब्याक मोडलकोजस्तै रहेको छ । यसको हेडल्याम्पसमा परिमाजन गरि फ्रन्ट बम्पर लगाइएको छ । बाह्य परिवर्तनको तुलनामा एस्पायरको आन्तरिक परिवर्तन निक्कै आकर्षक रहेको छ ।

इन्टेरियरमा लगाइएको कारप्ले तथा इन्ड्रोइड अटोका साथै टचस्क्रीन इन्फोनेन्ट सिस्टमले यस कारलाई आकर्षक बनाएको छ । कम्पनीले यो विशेषता फ्रि–स्टाइल मोडलमा पनि उपलब्ध गराएको छ । 

यसका साथै, एस्पायरमा क्लाइमेट कन्ट्रोल, इलेक्ट्रोनिक ओभीआरएमएस, कि लेस इन्ट्री, पुस वटनलगायतका विशेषता रहेका छन् ।

इन्जिन र पावर

फोर्डले क्याविन तथा लेआउट सिटको समेत गुणस्तर परिवर्तन गरेको छ । फोर्डले फ्रिस्टाइल र इकोस्पर्टमा लगाइएका डार्गन सिरिज इञ्जिन अर्थात् १.२ एल र १.५ एल पेट्रोल इञ्जिनको प्रयोग गरेको छ । 

यसमा लगाइएको १.२ एल इञ्जिनले ९५ एचपीपावर उत्पादन गर्छ भने १२० एनएम टर्क उत्पादन गर्छ । पावरपूmल १.५ एल इञ्जिनले ६५०० सय आरपीएममा १२१ एचपीपावर उत्पादन गर्छ भने ४५०० आरपीएममा १५० एनएम टर्क उत्पादन गर्छ । इञ्जिनमा ५ स्पीड म्यानुअलको गियरबक्स लगाइएको छ । 

त्यस्तै, १.५ एल पेट्रोल इञ्जिनमा ६ स्पीड अटोमेटिक गियरबक्स राखिएको छ । फोर्डले नोभेम्बरसम्ममा भारतमा एस्पायर सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

नेपालमा कहिले ?

फोर्डको लागि नेपालको आधिकारी बिक्रेता जीओ फोर्डले नयाँ फिगो नेपाली बजारमा २०१९ मा मात्रै आउने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार भारतीय बजारमा आएको केही समयपछि नेपाली बजारमा आउने छ । 

‘अहिले हामी पुरानै फिगो बिक्री गरिरहेका छौं, नयाँ फिगो २०१९ मा मात्रै आउने छ’ गोल्छाले मेरोअटोसँग भने । 


Back_to_top