सुजुकी जिम्नीलाई २० बर्षपछि यसरी गरियो परिर्वतन

काठमाडौं । जापानी अटो निर्माता कम्पनी सुजुकीले निर्माण गरेको एसयूभी मोडल सुजुकी जिम्नीको विशेषता इन्टरनेटबाट सार्वजनिक भएको छ ।

नयाँ जेनेरेशनमा आधारित जिम्नीलाई आधिकारीकरुपमा सार्वजनिक गर्नुपूर्व नै यसको विशेषता लिक भएको हो । 

कम्पनीले सवकम्प्याक्ट मोडलको निर्माणबारे पूर्वजानकारी दिँदैआएको थियो । कम्पनीले २० वर्ष पूरा गरिसकेको सुजुकी जिम्नीलाई नयाँ जेनेरेशनमा निर्माण गरिएको जनाएको छ ।

यस्ता छन् विशेषता

जिम्नीमा निओ रेट्रोको लुक दिइएको छ भने, कारको ग्रील तथा गोलो हेडप्लाम्पले कारलाई आर्कषक बनाएको छ । कारको आधुनिक अपडेटमा प्रोजेक्टर लाइट्स, एलईडी डीआरएल तथा एलईडी टेललाइट रहेका छन् । यो एसयूभी थ्री डोर्ससहितको हार्ड टप भर्जन हो । यसलाई बजारमा सफ्ट टप तथा ओपन टप भेरियन्टमा उपलब्ध गराइनेछ ।

सुजुकी जिम्नीमा स्टेरिङ ह्वील, टचस्क्रिन इन्फोनेन्ट सिस्टम, अटो क्लाइमेट कन्ट्रोल तथा पावर विन्डो स्वीचजस्ता विशेषता सामेल गरिएको छ । 

इञ्जिन

सुजुकी जिम्नी जापानको अलवा संसारभर १.२ लिटर पेट्रोल र १.० लिटर बुस्टरजेट टर्बो पेट्रोल इञ्जिनमा आउनेछ । पाँच स्पीड म्यानूअलका साथै अटोमेटिक गियरबक्स यसमा रहनेछ । जापानमा यसको सबकम्प्याक्ट एसयूबी यही वर्ष सार्वजनिक गर्ने तयारी गरिएको छ ।


Back_to_top