काठमाडौं । भारतीय नागरिक रञ्जन रायले इलेक्ट्रीक कारबाटै एक लाख किलोमिटर दूरी पार गरेका छन् । रायले महेन्द्रा ‘इटुओ’ इलेक्ट्रीक कारको प्रयोग गरी १ लाख किलोमिटर दूरी पार गरेका हुन् ।
उनले चार वर्ष अगाडिबाट इलेक्ट्रीक कार चलाउन सुरु गरेका थिए। १ हजार ३ सय ८९ दिनमा उनले १ लाख किलोमिटर बराबर कार गुडाएका हुन् ।
भारतमा इलेक्ट्रीक कारको प्रयोगलाई बढावा दिन उनले सो अभियान सुरु गरेका थिए । उनको यात्राले इलेक्ट्रीक कारहरू कति किफायती छन् भन्ने कुरा प्रमाणित भएको छ । यदि उनले कुनै ग्यासोलिन इञ्जिन भएको कारको प्रयोगबाट १ लाख किलोमिटर दूरी पार गरेका थिए भने करिब ८ हजार लिटर भन्दा बढी पेट्रोलको आवश्यकता पथ्र्याे ।
विश्वभर जलवायु परिवर्तन रोक्न विभिन्न किसिमका कार्यक्रम र अर्बौं रुपैयाँ खर्चगर्नुपर्ने अवस्था सिर्जना भइरहेको समयमा प्रदूषण नियन्त्रणका लागि इलेक्ट्रीक सवारीसाधनको प्रयोग उपयुक्त हुने वहस संसारभर भइरहेको छ ।
अहिले नेपाली बजारमा रहेको पेट्रोलको मूल्यलाई आधार मानेर हेर्ने हो भने उनले ८ लाख ४० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्थ्यो ।
तर, उनले महेन्द्राको इटुओ प्लस इलेक्ट्रीक कारको प्रयोग गरेकाले सो दूरी पार गर्दा जम्मा १ लाख १२ हजार रुपैयाँ बराबरको विद्युत् खपत भएको छ ।
ग्यासोलिन इञ्जिनयुक्त सवारीसाधनको तुलनामा इलेक्ट्रीक कारको प्रयोग कमखर्चिलो हुने याे यात्राले देखाएको छ । अत्याधिक इन्धनको प्रयोगबाट हुने प्रदूषणलाई नियन्त्रणगर्ने उद्देश्य अनुरुप रायले चालेकोे अभियानलाई लाखौं नागरिकले समर्थन गरेका छन् ।
उनले गरेको यात्राबाट कारको ब्याट्रीचार्ज गर्न झन्झटिलो हुने तथा तोकिएको गन्तव्यसम्म नपुग्ने हो कि भन्ने शंकागर्न नपर्ने तथ्य बाहिर आएको छ । राय भन्छन्, ‘अन्य सवारीसाधन भन्दा इलेक्ट्रीक साधनको प्रयोग उपयुक्त हुन्छ । यस्ता साधनको प्रयोगले स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्छ ।’
विश्वभर जलवायु परिवर्तन रोक्न विभिन्न किसिमका कार्यक्रम र अर्बौं रुपैयाँ खर्चगर्नुपर्ने अवस्था सिर्जना भइरहेको समयमा प्रदूषण नियन्त्रणका लागि इलेक्ट्रीक सवारीसाधनको प्रयोग उपयुक्त हुने वहस संसारभर भइरहेको छ ।
रायले सुचारु गरेको यो अभियानले इलेक्ट्रीक कारहरूको उपयोगिता र सान्दर्भिकतालाई अझ बलियो बनाएको छ ।
यस आधारमा प्रदूषण नियन्त्रण गर्न तथा वैकल्पिक इन्धनको प्रयोगलाई बढावा दिन इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढाउनुपर्ने देखिन्छ ।