कम मूल्यको इलेक्ट्रीक एसयूभी ल्याउँदै महिन्द्रा, यही वर्ष बजारमा आउने

काठमाडौं । केही समय अघि मोर्डन इलेक्ट्रीक भेहिकलहरु देखाएको महिन्द्राले कम मूल्यको सानो एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यही वर्षको अन्तिमसम्ममा बिक्री सुरु गर्ने योजनासहित ‘थ्रीएक्सओ इलेक्ट्रीक’ एसयूभी तयार गरिरहेको हो ।

महिन्द्राले एक्सयूभी थ्रीएक्सओ ईभीलाई भारतको विभिन्न सहरहरुमा सडक परीक्षण गरिरहेको छ । हालै देखिएको तस्बिर अनुसार एक्सयूभी थ्रीएक्सओमा एलइडी प्रोजेक्टर हेडल्याम्प र अंग्रेजी अक्षर ‘सी’ आकारको एलइडी डीआरएल प्रयोग भएको प्रस्ट देखिन्छ । एक्सयूभी थ्रीएक्सओ ईभीमा रेगुलर वाई सेप डिजाइन भन्दा फरक डिजाइनको अलोय ह्वील देखिएको छ ।

यसको इन्टेरियरमा आईसको जस्तै क्याविन देखिएको छ । वायर लेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट स्कृन यसमा पाउन सकिन्छ ।

महिन्द्रा एक्सयूभी ४०० भन्दा कम मूल्यमा आउने थ्रीएक्सओ ईभीले एसी र डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ । यसमा ३४.५ किलोवाट आवरको ब्याट्री प्याक दिने अनुमान गरिएको छ ।

यो ईभीमा फुल्ली डिजिटल इन्ट्रुमेन्ट कन्सोल, ३६० डिग्री क्यामरा, वायरलेस स्मार्टफोन चार्जर, ७ वटा स्पीकर सहितको हर्मन कार्डनको स्पीकर, ड्यूल जोन अटोमेटीक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, व्लाइण्ड भ्यू मनिटर र कम्तीमा ६ वटा एयरव्याग जस्ता प्रिमियम फिचर हुनेछन् ।


Back_to_top