काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी यही वर्ष नेपाली बजारमा आएको हो । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले नेपाल ल्याएको बीई सिक्स हामीले टेस्ट ड्राइभ गरेर हरेका छौं ।
उपत्यका वरपरको डाँडाकाँडामा चलाएर यसलाई हेर्दा पावर र पर्फमेन्समा कुनै सम्झौता भएको देखिएन । यसको पावर निकै लोभलाग्दो छ ।
टेक फिचरको मामलामा पनि कुनै पनि चिनियाँ उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्न सक्ने भएको कारण यसलाई बलियो प्रतिस्पर्धी मान्न सकिन्छ । मूल्यका हिसाबले पनि ५७ लाख रुपैयाँबाट सुरू हुँदा धेरैको बजेटमै पर्ने देखिन्छ ।
यसको अर्को पहिचान डिजाइन हो । सुपरकारबाट प्रेरित डिजाइन भएको कारण युवाहरूले यसलाई धेरै मन पराउँछन् । समग्रमा महिन्द्राको ब्राण्ड नेम, सर्भिस नेटवर्क र बिक्री केन्द्रको संख्या धेरै हुँदाको फाइदा बीई सिक्सले पाउने अनुमान गर्न सकिन्छ ।

