काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले केही वर्ष अगाडि नयाँ इलेक्ट्रीक एसयूभी ‘बीई सिक्स’को कन्सेप्ट देखाउँदा धेरैले कन्सेप्ट अनुसार उत्पादन सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।
त्यसको हुनुको मुख्य कारण ‘बीई सिक्स’को कन्सेप्ट र्याडिकल र फ्यूचरस्टीक डिजाइनमा थियो । स्पोर्टस् कार र एसयूभीको संमिश्रणले बनेको बीई सिक्सको कन्सेप्ट आकर्षक डिजाइनको खेलौना कार जस्तै देखिएको थियो ।
अहिले बीई सिक्स नेपालमै बिक्री सुरु भइसकेको छ । झट्ट हेर्दा निकै मिहिनेत गरेर ‘ह्याण्ड मेड’को झल्को दिनेगरी यसलाई बनाइएको छ । त्यसो हुनुमा महिन्द्राले कन्सेप्टमा देखाएकै जस्तो उत्पादन मोडल बनाउन सफल हुनु हो ।
महिन्द्राले विकास गरेको ‘इनग्लो इलेक्ट्रीक आर्किटेक्चर’मा बनेको बीई सिक्स एसयूभी कुनै पनि युरोपियन वा चिनियाँ कारको डिजाइनभन्दा कम छैन । फ्यूचरिस्टीक डिजाइन, स्ट्रङ पर्फमेन्स र अत्याधुनिक फिचरका कारण भारतमा बिक्री सुरु हुने वित्तिकै नेपालमा पनि यसको चर्चा भयो ।
नेपाली बजारमा १० हजार किलोमिटर भन्दा बढी सडक परीक्षणपछि बीई ६ गत नाइमा मोविलिटी एक्स्पोमा लन्च भएको थियो । यसको बिक्री भने अब सुरु हुनेछ ।
डिजाइन
महिन्द्रा बीई सिक्सको डिजाइन पहिलो नजरमै आकर्षित गर्ने किसिमको छ । बोल्ड डिजाइन र फ्यूचरिस्टीक एक्सटेरियरले बाटो गुडाउँदा नै सबैको ध्यान खिच्न सफल छ । अगाडि दिएको स्पोर्टस् कारको डिजाइन र पछाडिबाट हेर्दा लाग्ने एसयूभी डिजाइनले युवा उपभोक्तालाई तान्छ ।

महिन्द्राले यसमा प्रयोग गरेको एलइडी डीआरएल, साइडमा दिएको ठूलो साइजको ह्वील, फ्लस डोर ह्याण्डल, रियरको ड्यूल स्पोइलर र लाइट डिजाइनले अलग देखिएको छ ।
भरपुर टेक्नोलोजी प्रयोग
इन्डियामा बनेको कार भएर पनि महिन्द्राले बीई सिक्समा भरपुर टेक फिचर दिएको छ । यसमा एड्भान्स ककपिटमा ड्यूल डिजिटल स्कृन, अगुमेन्टेड रियालिटी हेडअप डिस्प्ले, हाइ क्वालीटी इन्फोटेन्मेन्ट सिस्टम, रोयल ओपेरा हाउस सहितको हाइइण्ड साउण्ड सिस्टम निकै अब्बल छ ।

यसका अलावा लेवल २ एड्भान्स ड्राइभर असिस्ट सिस्टम, ७ वटा एयरव्याग, ३६० डीग्री क्यामरा जस्ता फिचरले बीई सिक्सलाई निकै अब्बल बनाएको छ ।
पर्फमेन्स र रेन्ज
महिन्द्राले यसको पछाडि दिएको मल्टिलीङ्क सस्पेन्सनले खराब बाटाहरुमा समेत आरामदायी यात्रा गराउने छ । सानो ब्याट्री नै ५९ किलोवाट अवार भएको कारण कम्तीमा ४०० किलोमिटर रेन्ज आउँछ नै । १७५ किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने भएकोले यसलाई २० बाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल २० मिनेट लाग्छ ।
अन्त्यमा,
महिन्द्रा बीई सिक्सको राम्रो पक्ष धेरै भएपनि केहि कमजोेरी पनि छन् । कुपे क्रसओभर डिजाइनमा बनेकाले रियर क्याविनको हेडरुम निकै होचो लाग्छ । त्यस्तै यसको सबै सिटबाट भिजीबीलीटी तुलनात्मक रुपमा कमजोर छ ।
नाइमा अटो शोमा यसलाई हेर्नेहरुले डिजाइन र ग्राउन्ड क्लियरेन्सका हिसावले मन पराएका थिए । यसमा २०७ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । अब बिक्री कस्तो हुन्छ, त्यो थाहापाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।

