टोयोटा बीजेडथ्रीएक्स राइट ह्याण्ड ड्राइभमा तयार, कहिले आउँछ नेपाल ?

काठमाडौं । जापानी ब्राण्ड टोयोटाको बीजेडथ्रीएक्स एसयूभीको राइट ह्याण्ड ड्राइभ तयार भएको छ । कम्पनीले राइट ह्याण्ड ड्राइभ मोडललाई हङकङ र मकाओमा बिक्री सुरु गरेको हो ।

जीएसी मोटर कर्पोरेसनसँगको सहकार्यमा टोयोटाले तयार पारेको क्रसओभर एसयूभीले चीनमा निकै ठूलो चर्चा र सफलता हात पार्न सफल मोडल हो । यही मोडलको सहायताले उसले चीनमा आफ्नो बजार हिस्सा नै बढाउन सफल भएको मानिन्छ ।

चिनियाँ बजारको तुलनामा टोयोटाले राइट ह्याण्ड ड्राइभ बजारमा मूल्य दोब्बर राखेको छ । मकाओमा यसको मूल्य ३३ हजार १०० अमेरिकी डलर तोकिएको छ ।

बीजेडथ्रीएक्स ५ सिट क्षमताको एसयूभी हो । यसको डिजाइन किनै मिनीमल छ । इन्टेरियर पनि उस्तै मिनिमल लाग्छ । सुरक्षाका लागि एडास २.० लेभल उपलब्ध एसयूभीमा ठूलो साइजको टचस्क्रृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

टोयोटाले आफ्नो इलेक्ट्रीक एसयूभी साइजमा पनि निकै पर्फेक्ट बनाएको छ । यसको लम्बाइ ४५३९ एमएम, चौडाइ १८८७ एमएम तथा १६२५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

सिंगल ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध एसयूभीमा ७१.४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसको रेन्ज ४५० किलोमिटर माथि हुनेछ ।

टोयोटाले बीजेडथ्रीएक्सको रियर ह्वील ड्राइभमा १५० किलोवाटको मोटर दिएको छ । यसको फ्रन्ट ह्वीमा ८० किलोवाटको मोटर छ । त्यसैले अल ह्वील ड्राइभ भर्सनमा संयुक्त पीकपावर २३० किलोवाट छ ।

यसले १५० किलोवाटसम्मको डिसी चार्जर र ११ किलोवाटसम्मको एसी चार्जर सपोर्ट गर्नेछ ।

कहिले आउँछ नेपाल ?

टोयोटाको बीजेडथ्रीएक्स नेपाल पनि आउने मोडल हो । टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले सन् २०२६ मा यसलाई नेपाली बजारमा उतार्ने योजना बनाइरहेको छ ।


Back_to_top