काठमाडौं । महिन्द्रा पीकअप नेपाली सडकमा सामान ओसार-पसारमा सर्वाधिक प्रयोग हुने गाडी हो । महिन्द्राले बलेरो र स्कार्पियोका पीकअपहरु बिक्री वितरण गर्दै आएको छ ।
महिन्द्रको आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनकर्पोरेटले बलेरोका विभिन्न मोडलहरु बिक्री वितरण गर्दै आएको छ । कम्पनीले १८ लाख २५ हजारदेखि २७ लाख ६५ हजारसम्मको बलेरो पीकअपहरु बिक्री गरिरहेको छ ।
उद्यमी बनेर व्यवसाय गर्न चाहने चालकहरुको रोजाइमा पर्ने बलेरोका पीकअपहरु ट् ह्वील र फोर ह्वील ड्राइभ अप्सनमा पाउन सकिन्छ । ग्राहकले बलेरो छनोट गर्दा व्यवसायको प्रकृति, सडकको अवस्था, संभावित आम्दानी र खर्चलाई राम्रोसँग केलाएर गर्ने गरेको पाइन्छ ।
कम्पनीले बिक्री गर्दै आएको महिन्द्रा बलेरो म्याक्सी ट्रक प्लस टु ह्वील ड्राइभको मूल्य १८ लाख २५ हजार रुपैयाँ रहेको छ । साथै, बलेरो टु ह्वील ड्राइभ १.३ टी मोडलको मूल्य २१ लाख ४० र बलेरो टु ह्वील ड्राइभ १.५ टीको मूल्य २३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरि महिन्द्रा बलेरो फोर वाई फोरको मूल्य २२ लाख ७५ हजार रुपैयाँ रहेको छ भने बलेरो क्याम्पर डिसी ट् ह्वील ड्राइभको मूल्य २५ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
बलेरो पीकअपको टप भेरियन्ट क्याम्पर डिसी फोर ह्वील ड्राइभको मूल्य २७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
महिन्द्रा बलेरो पीकअप हिमाली र पहाडी क्षेत्रका सडकमा सामानदेखि मानिस ओसार पसारमा प्रयोग हुँदै आएको छ । खराव बाटोको उत्कृष्ट साथीको पहिचान बनाएको महिन्द्रा बलेरो अर्थतन्त्रको हिस्सा बनिसकेको छ ।

