काठमाडौं । नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालले एक्जीम कोड नवीकरण गर्ने मिति बढाइ दिन भंसार विभागलाई पत्र लेखेको छ ।
पत्रमा असार मसान्तमा नविकरण गर्नु पर्ने एक्जिम कोड अहिले कोभिडका १९ का कारण असहज अवस्था सृजना भएकाले आगामी असोज मसान्तसम्मका लागि समयावधि थप गरिदिन आग्रह गरेको छ ।
‘अहिले असहज परिस्थिति भएकाले तीन महिना समयाअवधि बढाइ दिन भनेका छौ’ नाडाका महासचिव सुनिल रिजालले भने ।

