नयाँ उत्पादनलाई प्राथमिकतामा राखेको महिन्द्रा कम्पनीले आगामी तीनदेखि चार वर्षमा १२ नयाँ मोडल ल्याउने तयारी गरेको छ । कम्पनीले भारतमा १० लाख मूल्यसम्मका मिड साइज एसयूभीसँगै क्रशओभर मोडलसमेत ल्याउने भएको हो ।
महिन्द्रा एक्सयूभी ५००, ब्रान्ड न्यु स्कर्पियो, नयाँ जेनेरेशन थार, अपडेटेड टियुभी ३००, केयूभी १०० इलेक्ट्रीक, एक्सयूभी ३०० इलेक्ट्रीक कम्पनीले निर्माण गरिरहेको मोडल हुन् । यी मध्ये थार र स्कर्पियो र केयूभी १०० इभी २०२० को अटो एक्स्पोमा सार्वजनिक हुने मोडल हुन् ।
यस्तै, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेगरि बजारमा आउने मिड साइज एसयूभी भने सन् २०२२ मा मात्रै सार्वजनिक हुने अनुमान गरिएको छ । उक्त मोडलमा १.२ लिटर, १.५ लिटर र २.० लिटर पेट्रोल इन्जिन अप्सन दिइने कम्पनीले जनाएको छ ।
यी मोडलका अलवा कम्पनीले इलेक्ट्रीक कार केयूभी १००, एक्सयूभी ३०० र फोर्ड अस्पायरको प्लाटफर्ममा निर्माण हुने इलेक्ट्रीक सेडान कार ल्याउने योजना बनाएको छ ।
फोर्डसँगको जेभीपछि कम्पनीले एकपछि अर्काे नयाँ मोडल ल्याउने तयारीमा जुटेको जनाएको छ ।

