भारतमा आयो महिन्द्रा मराजोको टप भेरियन्ट, नेपालमा सार्वजनिक गर्ने तयारी

काठमाडौं । महिन्द्राले मराजोको टप रेन्ज भेरियन्ट एम–८ भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा पनि माराजो लञ्चको तयारी गरिरहेको छ । 

महिन्द्राको नेपालको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले मराजोलाई नेपाली बजारमा फेब्रुवरीमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीले भारतीय बजारमा ल्याएको एम–८ मोडलको मूल्य १३ लाख ९० हजार भारु तोकिएको छ । महिन्द्रा मराजो एम–२, एम–४, एम–६ र एम–८ गरी चार भेरियन्टमा उपलब्ध छ । यसको लो–भेरियन्टको मूल्य ९ लाख ९९ हजार भारु तोकिएको छ । 

भारतमा कम्पनीले गत सेप्टेम्बरमा मराजोको बिक्री–वितरण सुरु गरेको थियो । 

आकर्षकस्वरुप, पावर स्पेसिफिकेशन तथा पफर्मेन्सका कारण महिन्द्रा मराजो ग्राहकमाझ प्रिय बनेको कम्पनीको दाबी छ । मराजोमा उपलब्ध डी–१५ फोर–सिलिन्डर डिजेल इन्जिनले १२३ पीएस पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल टान्समिसनकासाथै सिक्स–स्पीड एमटी लगाइएको छ । यसको पेट्रोल भेरियन्ट यो वर्ष आउनेछ । 

मराजोको एम–८ भेरियन्टमा सेभेन–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमकासाथै क्यापसेन्सर ह्यापटिक प्रविधि, एन्ड्रोइड अटो र एप्पल कार–प्ले कनेक्टिभिटी, रिभर्स पार्किङ्ग सेन्सरलगायतका विशेषता दिइएको छ । यसकासाथै, यो मोडलमा १७ इन्च आलोय ह्वील लगाइएको छ ।


Back_to_top