काठमाडौं । सन् २०२५ (जनवरी-डिसेम्बर २५)मा भारतीय प्यासेन्जर भेहिकल (कार बजार)मा उथलपुथल देखिएको छ । बिक्रीका आधारमा चर्चित ब्राण्डहरूको स्थान परिवर्तन भएको हो ।
सन् २०२५ मा मारुती सुजुकीले आफ्नो वर्चश्व कायम राख्दै शीर्ष स्थानमा यथावत छ । यस वर्ष सुजुकीले १७ लाख ५० हजार युनिट कार बेच्दै बजारमा अग्रता कायमै राखेको हो ।
सन् २०२५ मा हुन्डाई, महिन्द्रा र टाटाको पोजिसन फेरबदल भएको छ । यस वर्ष महिन्द्राले सबैभन्दा ठूलो फड्को मार्दै चौथो स्थानबाट दोस्रोमा आएको छ । कम्पनीले पहिलो पटक हुन्डाई र टाटा मोटर्स दुवैलाई उछिनेको हो ।
२०२५ मा महिन्द्राको ५ लाख ८१ हजार युनिट कार बिक्री गरेको छ । अघिल्लो वर्षको तुलनामा महिन्द्राले ९१ हजार युनिट धेरै कार बेच्न सफल भएको छ । महिन्द्राले सन् २०२४ मा ४ लाख ९० लाख युनिट मात्रै बिक्री गरेको थियो ।
महिन्द्राका चर्चित मोडलहरू स्कोर्पियो, बोलेरो, थार र एक्सयूभीको बिक्री बढ्दा फड्को मार्न सफल भएको हो । साथै, बजारमा ल्याएका नयाँ ईभी बीई सिक्स र एक्सईभी नाइन ईले पनि व्यापार बढाउन सहयोग गरेको छ ।
टाटा मोटर्स तेस्रो स्थानमा यथावत रहेको छ । २०२५ मा टाटाले ५ लाख ५२ हजार युनिट कार बिक्री गरेको छ ।
लामो समयदेखि दोस्रो स्थानमा रहँदै आएको हुन्डाई भने चौथो स्थानमा झरेको छ । यस वर्ष हुन्डाइले ५ लाख ५० हजार युनिट कार बिक्री गरेको छ ।

