महिन्द्राको अफरोड एसयूभी थार निकै चर्चित एसयूभीमा पर्ने गरेको छ । भारतीय अटो कम्पनी महिन्द्रा एन्ड महिन्द्राको उत्पादन थार सर्वाधिक मोडिफाई हुने एसयूभीमा समेत हो ।
भारतीय बजारमा यो एसयूभी मासिक औषत ६०० युनिट बिक्री हुने गरेको छ । यो आईकनिक एसयूभीलाई विभिन्न मोडिफाई कम्पनीले अलग अलग रुपमा मोडिफाई गरेको गाडीको तस्विर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

महिन्द्रा एड्भेन्चर, डिसी डिजाइन हाउस, आर्चर, मेरिज ग्यारेज केरला, एसपी कस्टुम, ग्रेजी कस्टुम, एङ्ग्री वर्ड, डे ब्रेकलगायतका मोडिफाईड ग्यारेजहरुले महिन्द्रा थारलाई अलग अलग रुपमा परिर्वतन गरेका गाडीको तस्विर हामीले यहाँ समेट्ने प्रयास गरेका छौं ।
महिन्द्रा थार सिआरडीईमा २.५ लिटर टिसिआई–सिआरडीई फोर सिलिन्डर डिजेल इन्जिन दिइएको छ । २४८९ सीसी उक्त इन्जिनले १०५ बीएचपी पावर र २४७ एनएम टर्क जेनेरेट गर्छ ।

फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध एसयूभीले प्रति लिटर १६ किलोमिट माइलेज दिने दाबी कम्पनीले गरेको छ । थारमा ५ स्पीड म्यानुयल ट्रान्समिसन दिइएको छ ।
नेपाली बजारमा पनि महिन्द्रा थार सिआरडीई बिक्री वितरण हुँदै आएको छ । महिन्द्राको यो स्मल अफरोड एसयूभीलाई अग्नी इनकर्पोरेटले बिक्री वितरण गर्दै आएको छ ।
यसको नेपाली बजारमा मूल्य ४३ लाख १५ हजार रुपैयाँ रहेको छ ।









