के अमेरिकामा विक्री भएको महिन्द्रा एण्ड महिन्द्राको अफरोड युटिलीटी भेइकल रोक्सोको डिजाईन फियाट क्राइस्टलरको जीपबाट चोरिएको हो ? फियाटले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगमा आफ्नो बौद्धिक सम्पतिको अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी हालेको छ र हाल यसको छानविनसमेत सुरु भएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगको स्टेटमेन्ट अनुशार उसले बहसको मिति चाडैनै निर्धारण गर्ने छ । यो घटनाको विकासले महिन्द्रालाई निकै भारिपर्न सक्छ किनकी उसको निर्णयको आधारमा महिन्द्राको १४ बर्ष अगाडि सन् २००४ मा सुरु भएको अमेरिकी बजारमा युटिलीटी र कमर्सियल भेइकल बेच्ने योजना तुहिन पनि सक्छ ।
रोक्सोले त्यहि ग्रिल प्रयोग गरेको हो जुन सन् २००९ को सम्झौंतामा महिन्द्राले प्रयोग गर्न जीपले अप्रुभ गरेको थियो ।
यस्तो छ रोक्सो
रोक्सो एक अफरोड युटिलीटी भेइकल हो यसको निर्माण महिन्द्रा अटोमोटिभ नर्थ अमेरिकाले गरेको हो । रोक्सो महिन्द्राको बहुचर्चित थारको नयाँ भर्सन हो, जुन भारतीय बजारमा धेरै लोकप्रीय रहेको छ ।

यसको आइडिया एक सक्सेस फुल प्रडक्टलाई रि–इन्जिनियरिङ गरेर अमेरिकी मार्केटमा बिक्री गर्नु रहेको छ । महिन्द्राले अमेरिकामा रोक्सोको नयाँ प्लान्टको लागि ६० करोड डलर लगानी गर्ने योजना बनाएको छ ।
फियाटको दाबीमा कति दम
२०१८ अगस्ट १ मा फियाट क्राइस्लरले अमेरिकी अन्तर्राष्टिय व्यापार आयोगमा एक उजुरी दर्ता गरेको थियो । जसमा फियाटले आफ्नो ब्रान्ड जीपको बनावटबाट कपि गरेको जनाएको छ । उसको दाबीमा रोक्सोले बक्सी बडी सेपको साथै फ्ल्याट देखिने ठाडो बडी साइड तथा पछाडिको बडीको समाप्तीमा हुटसम्मको हाइट दुरुस्तै बनाएको भनेको छ ।
ब्लुमबर्गले आफ्नो रिपोर्टमा लेखेको फियाट क्राइस्लरको भनाई अनुशार ‘रोक्सो जीपको झन्डै जुम्ल्याहा जस्ता कपी हुन् । बास्तवमा भन्नुपर्दा उजुरी गरिएको गाडी जीपको चर्चित मोडल विलीज जस्तो बनाइएको छ ।’
जीपको डर
फियाट क्राइस्लरलाई सबैभन्दा ठुलो डर उसको जीप ब्रान्डलाई महेन्द्राले अमेरिकी बजारमा टफ कम्पिटीसन दिने छ भन्ने बिषय हो । उसको दावी अनुशार महिन्द्रालाई धेरैनै कस्टको एडभान्टेज रहने छ किनकी उसले धेरै पार्टसहरु भारतीय सस्तो बजारबाट आयात गर्ने छ ।

फियाट क्राइस्लर ग्रुपको जीपको प्रडक्ट लाइनअपमा निर्भरता बढ्दो रुपमा रहेको छ । कम्पनीको रिपोर्ट अनुशार जीप विलीजको जुलाईमा १६ प्रतिशतले सेल्समा वृद्धि भएको छ । जसको सहायताले ग्रुपको ओभरअल सेल्स गतवर्षको भन्दा ५.९ प्रतिशतले बढेको छ ।
फियाट क्राइस्लरको दावीअनुशार ‘विदेशमा रहेको आफ्नो पर्याप्त उत्पादन क्षमताको सहयोगले महिन्द्राले अमेरिकी बजारमा आफ्नो प्रभुत्वकायम राख्न चाहेको छ र यसले फियाट क्राइस्लरको ख्याती र व्यापारमा हानी पूर्याउनेछ ।’
फियाट क्राइस्लर को चाहना
आफ्नो बौद्धिक सम्पतीको अधिकार उल्लङ्घन गरेको भन्दै फियाटले हालेको उजुरीमा कुनै पनि आर्थिक दावी त गरेको छैन तर, महिन्द्रा अटोमोटिभलाई कुनै पनि पार्टस र कम्पोनेन्ट आयात गर्नमा रोक लगाउन चाहेको छ ।
के भन्छ महिन्द्रा ?
महिन्द्राले फियाटको दावी अयोग्य रहेको जनाएको छ । उसको अनुशार दुबै कम्पनीको इजाजतपत्रको सम्बन्ध सन् १९४० देखिको हो । उसको दावीअनुशार इजाजतपत्रको मूल सम्झौंता जुन विलीजसँग भएको र सन् २००९ मा क्राइस्लर ग्रुपसँग भएको हो । फियाट क्राइस्लरले पूर्ववर्ति सम्झौंता मान्नु पर्छ ।
महिन्द्रा नर्थ अमेरिका यूनीटका प्रवक्ता रिच अंसेलकाअनुशार हाम्रा सम्पूर्ण कार्यहरु प्रोडक्ट, प्रोडक्टको डिस्ट्रिव्यूसन (रोक्सो सहितको) दूवै कम्पनीले पुरानो सम्झौंताको विरासत तथा यसका बुँदाहरुको सम्मान गर्नूपर्छ । महिन्द्राको फियाट क्राइस्लर ग्रुपसँगको सह–अस्तित्वको सम्बन्ध २५ वर्ष पूरानो रहेको छ । सो सम्बन्ध जीप ब्रान्डमा पनि भारतलगायत अरु सबै देशहरुमा लागु हुने छ ।

महिन्द्राले मिसिगन फेडरल कोर्टमा कम्प्लेन दर्ता गरेको छ, जसमा फियाटले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगमा आफूलाई निषेध गर्न गरेको दावीलाई खारेज गर्न अनुरोध गरेको छ । उसले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगमा पब्लिक इन्टेस्टको स्टेटमेन्ट पनि दर्ता गराएको छ ।
महिन्द्राले स्पष्ट रुपमा रोक्सोले कम गुणस्तरको पार्टसहरु आयात गरिएको धारणालाई अस्विकृत गरेको छ । हामीले अदालतसँग फियाटलाई अन्तर्राष्ट्रिय व्यापार आयोगमा सहभागी नगराउन अनुरोध गरेका छौ किनकी उनीहरुले सन् २००९ मै गरेको सम्झौंताअनुशार महिन्द्राले जीपको ग्रिल प्रयोग गरेमा कहिकतै दावी गर्ने छैन ।
रोक्सोले त्यहि ग्रिल प्रयोग गरेको हो जुन सन् २००९ को सम्झौंतामा महिन्द्राले प्रयोग गर्न जीपले अप्रुभ गरेको थियो । फियाटले अन्तर्राष्ट्रिय व्यापार आयोगमा मुद्धा दर्ता गराएर रोक्सोको व्यापारमा घाटा पूर्याउनुको साथै नकारात्मक पब्लिसीटी गरेर मार्केटमा हाम्रो रेपुटेसनलाई विगार्ने कार्य गर्न खोजेको विषयमा बहस गरिरहेको महिन्द्राले जनाएको छ ।

