मारुती सुजुकीका कारमा ६ लाखसम्म नगद छुट

काठमाडौं । नयाँ वर्षको दिन पारेर मारुती सुजुकीले आफ्ना २०१९ र २०२० मोडलका कारमा ६ लाखसम्म नगद छुट दिने घोषणा गरेको छ । नेपालको लागि मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले यस्तो छुट २०१९ र २०२० मोडलका कारमा मात्रै पाइने जनाएको हाे ।

यस्तै कम्पनीले नयाँ २०२१ मोडलमा २ लाख ५० हजारसम्म नगद छुट, १ लाख ५० हजारसम्म एक्सचेन्ज वोनस र एक वर्षको निःशुल्क बीम सुविधा दिने जनाएको छ ।

मारुती सुजुकीका कार नविल बैंकबाट कर्जा लिएर किन्दा ७.४९ प्रतिशत व्याजदरमा किन्न पाइने कम्पनीले जनाएको छ । मारुती सुजुकीका उत्पादन अल्टो, एस-प्रेसो, सेलेरियो, इग्नीस, स्वीफ्ट, बलेनो, ब्रेजा, एसएल६, एसक्रस, सियाज, वागेनआर, इको, डिजायर जस्ता मोडल विक्री वितरण गर्दै आएको छ ।


Back_to_top