अधिकांश अवार्ड जित्न सफल रोयल इन्फिल्ड मेटोर ३५० नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । रोयल इन्फिल्डको नयाँ मोटरसाइकल मेटोर ३५० ले भारतमा वितरण भएको अधिकांश अवार्ड आफ्नो पोल्टामा पारेको छ । मेटोर ३५० ले भारतमा २०२१ मा वितरण भएका ‘इन्डियन मोटरसाइकल अफ दि इयर’, सिएनवीसी अवार्ड, इन्डियन मोविलिटी अवार्ड, अटोकार अवार्ड जस्ता प्रतिष्ठित अवार्ड जितेको हो ।

सन् २०२० मा बजारमा आएको रोयल इन्फिल्डको नयाँ मोटरसाइकलको बढ्दो लोकप्रियतासँगै कम्पनीले यसको प्ल्याटफर्ममा थप नयाँ मोडल बजारमा ल्याउने तयारी समेत गरिरहेको जनाएको छ ।

रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले नेपाली बजारमा मेटोर ३५० उतार्ने तयारी गरिरहेको छ ।

‘हामी नयाँ मोटरसाइकल बजारमा उतार्ने तयारीमा छौं । केहि प्रक्रियागत काम सकेपछि कहिलेबाट विक्री सुरु हुन्छ भन्ने विषयमा जानकारी दिन्छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

रोयल इन्फिल्डले रेट्रो इन्स्पायर डिजाइनमा ल्याएको मेटोर ३५० ले कम्पनीकै थन्र्डरबर्डको झल्को दिन्छ । तर, थन्र्डरवर्ड सिरिजको उत्पादन भने बन्द भइसकेको छ ।

कम्पनीले आफ्ना उत्पादनमा पहिलो पटक कनेक्टेड फिचर प्रयोग गरेको हो । रोयल इन्फिल्डले मेटोर ३५०मा स्मार्ट फोन कनेक्ट गर्न सकिने इन्स्ट्रुमेन्ट कन्सोल प्रयोगमा ल्याएको छ । यसमा चालकले टर्न वाई टर्न नेभिगेशनको प्रयोग गर्न सक्नेछन् ।

मेटोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको मूल्य ६ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top