मारुती सुजुकीले सेप्टेम्बर पहिलो साता ब्रान्ड न्यू मोडल सार्वजनिक गर्ने

मारुती सुजुकीले आगामी सेप्टेम्बरमा माइक्रो एसयूभी एस–प्रेसो सार्वजनिक गर्ने भएको छ । कम्पनीले कन्सेप्ट फ्युचर एसमा आधारित यस मोडललाई बीएस–६ मापदन्ड अनुरुपको १.० लिटर पेट्रोल इन्जिनसहित भारतीय बजारमा ल्याउने भएको हो । 

एस–प्रेसो, सेप्टेम्बरको पहिलो साता भित्रै सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

२०१८ को अटो  एक्स्पोमा प्रदर्शन गरिएको यो मोडलमा हाई ग्राउन्ड क्लियरेन्स, अपराइट फ्रन्ट फेसिका, सर्ट बोनेट स्ट्रक्चर, टल पिलर, स्पेसियस इन्टेरियर, र्यापराउन्ड हेडल्याम्पसँगै एलइडी डीआरएलएस, रेक्ट्याङ्गुलर टेल ल्याम्प, रेक्ट रियर ग्यासलगायतका विशेषता दिइएको अटोकार इन्डियाले उल्लेख गरेको छ ।

यसमा राउन्ड सेप डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र आकर्षक इन्फोटेनमेन्ट सिस्टमको विशेषता दिइएको छ । यसमा उपलब्ध इन्जिन बीएस–६ मापदन्ड अनुरुप भएको कम्पनीले जनाएको छ । यसको इन्जिनमा पाँच स्पीड म्यानुअल र पाँच स्पीड एएमटी दिइएको छ । 

एस प्रेसो लाइटवेट हर्टटेक प्लाटफर्ममा निर्माण भएको कम्पनीले जनाएको छ । 


Back_to_top