काठमाडौं । पछिल्लो समय इलेक्ट्रीक भेहिकल बिक्रीमा आक्रामक एमएडब्लू वृद्धिले नेपालभर ८६ स्थानमा डिसी फास्ट चार्जिङ स्टेशन संचालनमा ल्याएको छ ।
कम्पनीले केही स्थानमा डबल गन भएको चार्जर प्रयोग गरेको कारण देशभर एकै साथ १०५ गाडीले चार्जिङ सुविधा पाउने छन् । बजारमा उच्च माग रहेको चार्जरहरु थप गर्दै जाने कम्पनीको लक्ष्य अनुसार चाँडै थप १०० स्थानमा चार्जर जडान गर्ने एमएडब्लू वृद्धिले जनाएको छ ।
नेपालको मूख्य सहर तथा हाइवेमा स्थापना भएका यी चार्जिङ स्टेशनमा सीसीएसटु चार्जिङ पोर्ट भएका सबै ब्राण्डका ईभीहरुले चार्ज गर्न सक्नेछन् । यस रणनीतिक विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ ।
एमएडब्लू वृद्धिले निर्माण गरेका चार्जिङ स्टेशनमा ४० र ६० किलोवाट क्षमताका गन प्रयोग भएका छन् । ४० किलोवाट क्षमताको गन भएको स्थानमा एउटा गाडी र ६० किलोवाट क्षमताको स्टेशनमा ३०/३० किलोवाटका दुई गन प्रयोग भएको कम्पनीको भनाई छ ।