महंगो भयो एमजी कोमेट, कति पुग्यो मूल्य ?

काठमाडौं । मोरिस ग्यारेज (एमजी)को सिटी कार कोमेटको मूल्य वृद्दि भएको छ । दुई भेरियन्टमा बिक्री हुँदै आएको कोमेटको दुबै भेरियन्टमा १ लाख रुपैयाँले मूल्य वृद्धि भएको हो ।

एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले यसअघि इन्ट्री भेरियन्ट पेसको मूल्य १८ लाख ४९ हजार र टप भेरियन्ट प्लेको मूल्य २१ लाख ४९ हजार तोकेर बिक्री गर्दै आएको थियो । अब बढेको नयाँ मूल्य अनुसार पेसको मूल्य १९ लाख ४९ हजार तथा प्लेको मूल्य २२ लाख ४९ हजार रुपैयाँ भएको छ ।

अर्वान मोविलिटीमा निकै चर्चा कमाइ रहेको एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री र ३२ किलोवाटको मोटर छ । यो ईभीले एक पटकको फुल चार्जमा २३० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

कम्पनीले यसको व्याट्रीमा १ लाख २० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी दिएको छ ।


Back_to_top