काठमाडौं । जर्मन कार कम्पनी मर्सिडिज बेञ्जको आधिकारीक वितरक किशोर गियरले मर्सिडिजको नयाँ क्रसओभर एसयूभी जीएलबी नेपाल ल्याएको छ । सन् २०१९ को सांघाई अटो शोमा पहिलो पटक कन्सेप्ट देखाएको जीएलबी मर्सिडिजको जीएलए क्लास र जीएलसी क्लासको बीचको मोडल हो ।
मर्सिडिजको एमएफए-२ प्लेटफर्ममा बनेको जीएलबी क्लास फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध क्रसओभर एसयूभी हो । यो कारमा १३३२ सीसीको फोर सिलिण्डर टर्बो डिजल इन्जिन प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम १६१ बीएच पावर तथा २५० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा आठ स्पीड क्षमताको अटोमेटिक गियरबक्स रहेको छ ।
यसको टप स्पीड क्षमता २०७ किलो मिटर प्रतिघन्टा रहेको छ । यसलाई सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्न केबल ९.१ सेकेन्ड मात्र लाग्ने कम्पनीले जनाएको छ ।
प्रिमियम कार निर्माता कम्पनीले बनाएको यो कारमा सबै किसिमका आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ भने यसको इन्टेरियर पनि उत्कृष्ट रहेको छ ।
किशोर गियरले यो एसयूभीको मूल्य १ करोड ९० लाखदेखि २ करोड २० लाखसम्म पर्ने जनाएको भएपनि कुन कति भेरियन्टमा नेपाल ल्याएको छ भन्ने विषयमा जानकारी दिएको छैन ।


