काठमाडौं । मेरोअटोले आफ्नो स्थापनाको ५ वर्ष पूरा गरेको छ । यो ५ वर्षे यात्रामा हामीले निकै संकटपूर्ण समय देखेका र भोगेका छौं । नेपालको लागि अटोमोबाइल क्षेत्रमा मात्रै आधारीत रहेर मिडिया क्षेत्रमा अलग पहिचान स्थापित गर्न निकै कठिन समयमा थियो । तथापि, हामी अनवरत पहिचान निर्माणमा जुटेका छौं, यात्री जारी नै छ ।
मेरोअटो डटकम सुरू भएसँगै मास मिडियामा अटोमोबाइल क्षेत्रका समाचारले चर्चा पाउन थाले । गाडी विक्रेता कम्पनीले पठाउने प्रेस विज्ञप्तिमा सीमित भएको अटो पत्रकारिता परिष्कृत भयो । अहिले केही मिडियाले प्रोडक्टको बारेमा टिप्पणी र रिभ्यूसम्म गर्न थालेका छन् । यसले पाँच वर्षअघि हामीले तय गरेको यात्रालाई निकै रोमाञ्चक बनाएको छ ।
नेपालमा त्यसको सबैभन्दा नजिकको साथी बनेर हामीले आम जनमानसमा सूचना प्रवाह गर्नु पर्नेछ । त्यसको लागि हामी कटिबद्ध र प्रतिबद्ध छौं ।
कोरोना महामारी, त्यसपछिको शिथिल अर्थतन्त्र, करिब डेढ वर्षदेखि कायम तरलता अभाव, सवारी कर्जामा राष्ट्र बैंकको कडाइ लगायतले गाडी किन्न चाहने र किन्ने योजना बनाएका दुवै वर्गलाई कठिन बनायो । त्यसमाथि सरकारले डलर संचितिमा आएको गिरावट रोक्न भन्दै लगाएको आयात प्रतिबन्धले त अटोमोबाइल बजार नै धारासायी बन्न पुग्यो ।
आफ्नो स्थापनाको ५ वर्षमा नै ठूलो आर्थिक संकटलाई नजिकबाट नियालेर अटोमोबाइल क्षेत्रको बारेमा रिपोर्टहरू प्रकाशित गर्नु पर्दा अफ्ठ्यारो पर्ने नै भयो । तर, कठिन अवस्थाका बाबजूद अटो क्षेत्रमा भित्रिएको आधुनिक प्रोडक्टले निकट भविष्यमा यो क्षेत्रको आवश्यकतालाई पुष्टि गर्छ ।
पछिल्ला ३ वर्ष विद्युतीय साधनको लागि निकै उपयुक्त देखिन थालेको छ । बढ्दो प्रदूषण र विश्वव्यापी हरित क्रान्ति अभियानसँगै विद्युतीय गाडी उत्पादनमा खर्बौ डलर खर्च भइरहेका छन् । इन्धनको स्रोत र माध्यम नै परिवर्तन हुने अवस्थामा अहिले विश्व समाज आइपुगेको छ । नेपालमा त्यसको सबैभन्दा नजिकको साथी बनेर हामीले आम जनमानसमा सूचना प्रवाह गर्नु पर्नेछ । त्यसको लागि हामी कटिबद्ध र प्रतिबद्ध छौं ।
अन्त्यमा, हाम्रो टिमले गरेको मेहनेत, पाठकको माया, व्यवसायिक क्षेत्रको विश्वास, नीति निर्माताको सहयोगले मेरोअटोले आफ्नो यात्रामा ५ पाइला अगाडि जान सफल भएको हामी ठान्छौं । भविष्यमा पनि हाम्रो यात्रा निरन्तर अघि बढ्ने भएकाले यस्तै किसिमको सहयोग, सुझाव र सद्भावको अपेक्षा गर्छौं ।

