मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण आगामी शुक्रबार

काठमाडौं । मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण आगामी बैशाख १५ र १६ गते (शुक्रबार र शनिबार) आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्‍याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ ।

मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्‍याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।

र्‍यालीलाई भब्य बनाउन विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने छन् । उक्त र्‍यालीको ‘इन एशोसिएशन विथ’ लक्ष्मी हुन्डाई र बीवाइडी रहेका छन् ।

र्‍यालीको तयारी पूरा भएको जानकारी दिँदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर र्‍यालीको तयारी गरेका छौं ।’

काठमाडौंको नक्सालबाट सुरूहुने र्‍याली टोखा, शिवपुरी, छहरे,ऐतिहासिक नुवाकोट दरबार हुँदै बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । र्‍याली शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ । यसको समापन भने शनिवार गरिने छ ।

र्‍यालीमा प्रयोजकको रुपमा एमजी, सिप्रदी, भीडब्लू, ग्लोबल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स जस्ता ब्राण्ड छन् । र्‍यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक छ भने, वेभरेज पाटनर हिमालयन ब्रुअरी, ल्यूब पाटनर नेपाल ल्यूब आयल र इन्टरनेट पाटनर डिशहोम फाइबर नेट रहेका छन् ।


Back_to_top