आन्तरिक पर्यटनमा प्रोफेसनललाई जोड्न शुक्रबारदेखि ‘मेरोअटो राइड-२०२४’ हुँदै

काठमाडौं । ‘मेरोअटो राइड-२०२४’ भोलि ९माघ २५ गते० सुरु हुने भएको छ । मेरोअटोले आन्तरिक पर्यटन र मोटरसाइकल राइड टुरिजममा प्रोफेसनलहरूलाई जोड्ने उद्देश्यले उक्त राइड आयोजना गरेको हो ।

दुई दिन चल्ने यस राइडमा विभिन्न क्षेत्रमा काम गर्ने प्रोफेशनलहरूले सहभागिता जनाउने छन् ।राइडमा करिब २५ वटा मोटरसाइकल सहभागी हुने आयोजकले बताएको छ ।

‘हामी आन्तरिक पर्यटन प्रवद्र्धन र प्रोफेसनलहरूलाई पनि टुरिङमा जोड्नु पर्छ भन्ने योजनाका साथ यो दुई दिने कार्यक्रम गर्दैछौं । यसमा सहभागि हुने राइडरहरूले आफ्नै आँखा अगाडि सगरमाथा देख्न पाउनु हुनेछ,’ कार्यक्रमका संयोजक तथा मेरोअटोका संचालक हरि गजुरेलले भने ।

उनका अनुसार राइड काठमाडौंको नक्शालमा रहेको बाइकर्स क्याफेबाट सुरु भएर धुलिखेल-खुर्कोट-घुर्मी-ओखलढुङ्गा हुँदै सोलुखुम्बुको पताले बजारसम्म पुग्नेछ भने २६ गते सोही रुट हुँदै काठमाडौं फर्कने छ । पतालेबाट सगरमाथ लगायत करिब २०र२२ वटा हिमाल नाङ्गो आँखालेनै आफैँ अगाडि उभिए जसरी देख्न पाइन्छ ।

कार्यक्रमलाई रोयल इनफिल्ड, केटीएम, बाइकर्स क्याफे, आइएनआई सिनेमाज् र वर्ल्ड मंक रमले प्रायोजन गरेका छन् । त्यस्तै सेफ्टी पाट्नरको रुपमा कवच र यति हेल्मेट रहेका छन् ।

मेरोअटोले विगतमा ४ पाङ्रेका लागि कार र्याली आयोजना गर्दै आएकोमा यस पटकबाट २ पाङ्रेका लागि मोटरसाइकल राइड पनि सुरु गरेको हो ।


Back_to_top