१५ दिनको लागि एमजीको फास्ट चार्जर बन्द, यस्तो छ कारण

फाइल तस्विर

काठमाडौं । मोरिस ग्यारेज (एमजी) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले संचालन गरेको फास्ट डिसी चार्जहरु १५ दिनको लागि बन्द हुने भएको छ । कम्पनीले आफ्ना चार्जर अपग्रेड गर्न बन्द गर्न लागेको हो ।

भोलि फागुन ७ गतेबाट मर्मत र सफ्टवेयर अपग्रेडका लागि चार्जर बन्द रहने कम्पनीले विज्ञप्ती जारी गरेर बताएको हो । ‘मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पुरा हुन १५ दिन लाग्ने छ । यस समयमा सबै ३० किलोवाट डिसी चार्जिङ स्टेशन बन्द हुनेछन्’, कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेशनको प्रयोग गर्न अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा याचना गरेको छ ।

अहिले केही दिन समस्या भएपनि निकट भविष्यमा नै एमजीका चार्जरको गुणस्तर सुदृण हुने कम्पनीको दावी छ ।


Back_to_top