काठमाडौं । एमजीको आधिकारी बिक्रेता पारामाउन्ट माटर्सले कोमेट ईभी ग्राहकलाई हस्तान्त्रण सुरु गरेको छ । कम्पनीले सुरुमा बुकिङ गर्ने ग्राहकलाई गाडी दिन थालेको हो ।
एमजीले नाडा अटो शोबाट कोमेट बुकिङ खुल्ला गरेको थियो । निकै स्टाइलिस सहर केन्द्रित ईभी कोमेट अहिले निकै राम्रो बुकिङ भइरहेको पारामाउन्ट मोटर्सको भनाइ छ ।
‘हामीले ग्राहकलाई डेलिभरी सुरु गरेका छौं । बुकिङ गरेर बस्ने सबै ग्राहकलाई दशैं अगाडि नै गाडी दिइसक्छौं’, पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने ।
पारामाउन्ट मोटर्सले कोमेट ईभी दुई भेरियन्टमा नेपाल ल्याएको छ । यसको इन्ट्री भेरियन्टको मूल्य १७ लाख ९९ हजार र टप भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ ।
एमजी कोमेटको दुवै भेरियन्टमा कोमेटरमा ३१.२६ किलोवाट आवरको मोटर र १७.३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कोमेटको अधिकतम पावर ४२ हर्सपावर र ११० न्यूटन मिटर टर्क हो । यो कारले सिंगल चार्जमा २३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलइडी डीआरएल, एलइडी लाइट पनि दिइएको छ ।
यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङ्सनल स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

