एक्सपल्स नयाँ इन्जिनमा आउने

काठमाडौं । हिरो मोटोकर्पले ल्याएको पहिलो डलब स्पोर्टस मोटरसाइकल एक्सपल्स २०० अपग्रेड हुने भएको छ । कम्पनीले नयाँ जेनेरेशन एक्सपल्सको इन्जिन नै परिवर्तन गरेर ल्याउन लागेको हो ।

यसअघि २०० सीसी क्षमताको इन्जिनमा उपलब्ध एक्सपल्स अब नयाँ २१० सीसीको इन्जिनमा आउन लागेको हो । यो इन्जिन करिज्मा मोडलबाट लिइएको बताइन्छ ।

कम्पनीले हिरो एक्सपल्स र एक्स्ट्रीमलाई नयाँ इन्जिनसहित परिक्षण सुरु गरेको भन्दै भारतीय मिडियाले तस्विर सार्वजनिक गरेका छन् ।

परिक्षणको क्रममा देखिएको एक्सपल्स र एक्स्ट्रीम मोटरसाइकलमा करिज्ममा २१० भएको लिक्वीड कुल्ड इन्जिन प्रयोग भएको देखिन्छ । नयाँ एक्सपल्समा सबै प्रकारका लाइट एलइडी प्रयोग भएको देखिन्छ ।

करिज्मामा भएको २१० सीसी लिक्वीड कुल्ड, फोर भल्भ इन्जिनले ९२५० आरपीएममा अधिकतम २५.५ पीएस पावर तथा ७२५० आरपीएममा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियर बक्स उपलब्ध छ ।


Back_to_top