काठमाडौं । मोरिस ग्यारेज (एमजी) को सेमी सोलिड स्टेट ब्याट्रीप्याक प्रयोग भएको एमजी फोरलाई बिक्री अनुमति दिइएको छ । एसएआइसी ग्रुप अन्तर्गतको एमजी सोलिड स्टेट ब्याट्रीमा बिक्री अनुमति पाउने पहिलो मास प्रडक्सन विद्युतीय कार हो ।
एमजीले केही दिन अगाडि नयाँ एमजी फोर सार्वजनिक गर्दै दुई रेगुलर ब्याट्री अप्सनको बुकिङ पनि खुलाएको थियो । तर, सेमी सोलिड स्टेट ब्याट्री भर्सनको विषयमा जानकारी दिएको थिएन । आगामी सेप्टेम्बर महिनाबाट यसको बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।
रेगुलर एलएफपी ब्याट्री भएको एमजी फोरमा ४२.८ र ५३.९ गरी दुई फरक साइजको ब्याट्रीप्याक प्रयोग भएर आएको छ । जसको इन्ट्री भेरियन्टको मूल्य १० हजार अमेरिकी डलर राखेर बुकिङ सुरु गरेको हो ।
नयाँ एमजी फोरमा फ्रन्ट ह्वील ड्राइभ सिस्टम दिइएको छ । चीनमा बिक्री सुरु हुन लागेको मोडलमा १२० किलोवाटको मोटर छ ।
सेमी सोलिड स्टेट ब्याट्री भएको मोडलमा पनि १२० किलोवाटकै मोटर रहेको छ । यसमा प्रयोग भएको सेमी सोलिङ स्टेट ब्याट्री नयाँ प्रविधिको हो । सुवाओ किङतोव पावर टेक्नोलोजीले उत्पादन गरेको उक्त ब्याट्री अझ बढि सुरक्षीत र इफिसीयन्ट रहेको छ ।
नयाँ एमजी फोरको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम, उचाइ १५५१ एमएम छ । यसमा ह्वीलवेस २७५० एमएम लामो छ ।

