तारकेश्वरमा विद्युतीय माइक्रोबस खोलामा खस्यो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ७ मा विद्युतीय माइक्रोबस खोलामा सखेको छ ।

आज बिहान चार्जिङ स्टेसनबाट चार्ज गरेर नयाँ बसपार्कतर्फ जाँदै गरेको काठमाडौं नुवाकोट रुटमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको विद्युतीय माइक्रोबस साङ्ला खोलामा खसेको हो ।

माइक्रो खोलामा खसे पनि कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको बेला उक्त माइक्रोबसमा यात्रुहरू थिएनन् ।


Back_to_top