४७ लाखमै आयो लाइफ स्टाइल एसयूभी ‘भी-२३’

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चेरीको आइकार ब्राण्डमा बनेको भी-२३ लाइफ स्टाइल इलेक्ट्रीक एसयूभी नेपालमा सार्वजनिक भएको छ ।

नेपालका लागि चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले आज एक कार्यक्रममा बीच आइकार भी-२३ सार्वजनिक गरेको हो ।कम्पनीले यसको टप भेरियन्ट ४७ लाख रुपैयाँभन्दा कम मूल्यमै आउने घोषणा गरेको छ ।

आइकारको नयाँ उत्पादनमा १०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । भी-२३ मोडलमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसको रेन्ज ४०० किलोमिटर हाराहारी रहने छ ।

गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।

अगाडिका दुवै सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर पाउन सकिन्छ । जसले गाडीको साउण्ड सिस्टमलाई उत्कृष्ट बनाउने छ । चेरीले आइकार भी-२३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ । ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ ।

एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।

स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।


Back_to_top