नाडामा जिली ईएक्स-फाइभको उल्लेख्य बुकिङ, डेलिभरी सुरू

काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शो २०२५ नेपाली बजारमा आएको नयाँ ईभी जिली ईएक्स-फाइभको उल्लेखनीय बुकिङ भएको छ ।

नेपालमा जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्स प्रालिका अनुसार नाडा अटो शोमा जिली कुल १८७ युनिट बुकिङ भएको हो ।

यसलाई कम्पनीले कीर्तिमानी उपलब्धीको रुपमा लिएको छ । कम्पनीले नाडामा जिली ईएक्सको म्याक्स र प्रो गरी दुई भेरियन्ट प्रदर्शमा राखेको थियो ।

अत्याधुनिक प्रविधि, अधिक रेञ्ज र आकर्षक डिजाइनका कारण ईएक्स-फाइभ ग्राहकको रोजाइम परेको कम्पनीको भनाइ छ । जिली ईएक्स फाइभ भरपर्दो, प्रिमियम र स्टाइलिश ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको कम्पनीको भनाइ छ ।

एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले नाडामा जिली ईएक्स-फाइभले पाएको उत्साहजनक प्रतिक्रियाले हौसला प्रदान गरेको बताए ।

‘६ दिनमै १८७ वटा बुकिङ हुनु जिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो। यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय ईभी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,’ उनले भने ।

श्रेष्ठका अनुसार जिली ईएक्स-फाइभ सिरिजमा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरूलाई आकर्षित गराएको हो ।

जिली ईएक्स फाइभमा जिली होल्डिङ ग्रुप आफैले उत्पादन गरेको ब्याट्री राखिएको छ । विभिन्न ८ वटा वटा निडल परीक्षण पास गरेको यो ब्याट्री संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ रहेको कम्पनीको दाबी छ । यसको आयु ३ हजार ५०० चार्ज रिसाइकल (लगभग १० लाख किमी अथवा ५० वर्ष) रहेको कम्पनीको दाबी छ ।

एलआरआर मोटर्स्ले जिलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा १ लाख ६० हजार किमीसम्म वारेण्टी समेत दिएको छ ।

नाडामा बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु भएको कम्पनीले जनाएको छ ।


Back_to_top