आयो पजेरोको स्पोर्ट एडिसन, यस्तो छ भारतमा मूल्य

काठमाडौं । मित्सुबिसी मोटर्सले नयाँ जेनेरेशनमा आधारित पजेरो इलाइट एडिशन सार्वजनिक गरेको छ । कम्पनीले इन्टेरियर र एक्सटेरियरमा आकर्षक विशेषता समेटिएको फेसलिफ्ट भर्सन थाइल्यान्डमा लन्च गरेको हो ।

यसमा ब्रान्डिङ हुड, फ्रन्ट ग्रिल, ब्लाक रुफ र्यापकासाथै १८ इन्च मल्टी स्पोक यालोई ह्वील लगाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै मोडलमा ७ एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल भीएससी, स्किड स्टिर कन्ट्रोल एसएसटीसी, स्टेयरिङ्ग असिस्ट, फ्रन्टल कोलिसन वार्निङ्ग सिस्टम र ३६० वार्निङ्ग क्यामरा–भ्यू क्यामरा लगाइएको छ । यसमा एमआईभीईसी फोरएन–१५, २.४ लिटर टर्बाे डिजेल इन्जिन उपलब्ध छ । यसले ३ ५ सय आरपीएममा १८१ बीएचपी पावर उत्पादन गर्छ । यसको इन्जिन मोटरमा अइट–स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ ।

यसमा उपलब्ध सुपर सेलेक्ट फोडब्लुपड आई हार्डवेयरले फोर ह्वील ड्राइभमा मद्धत पुर्याउँछ । साथै, यस प्रणालीले टु–एच, फोर–एच, फोर–एचएलसी र फोर–एलएलसी चारवटा ड्राइभिङ्ग मोडलाई सञ्चालन गर्छ । मित्सुबिसी पजेरो स्पोट्र्स इलाइट एडिशन दुईवटा भर्सन र दुईवटै कलर अप्शनमा सार्वजनिक भएको छ । टु–डब्ल्यूडी भर्सनको मूल्य ३१ लाख १९ हजार १ सय ७२ भारु तोकिएको छ भने फोर–डब्ल्यूडी भर्सनको मूल्य ३३ लाख ६५ हजार २८ भारु निर्धारण गरेको छ ।


Back_to_top