मित्शुवीसीले ल्याउने भयो कम मूल्यको एसयूभी

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी मित्शुवीसीले आगामी भियतनाम मोटर शो २०२२ मा मिडसाइज एसयूभीको कन्सेप्ट ‘एक्सएफसी’ देखाउने भएको छ । कम्पनीले ल्याउन लागेको यो एसयूभी कम मूल्यको मिडसाइज मोडल हो ।

विशेषगरी चल्तीका क्रेटा र सेल्टोस जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको यो एसयूभीलाई मित्शुवीसीले सुरुमा भियतनामबाट विक्री सुरु गर्नेछ । त्यसपछि क्रमशः हुन्डाई क्रेटाको राम्रो बजार रहेको आसियान क्षेत्रमा लन्च गर्ने जनाइएको छ । यो एसयूभी विभिन्न साइजको पेट्रोल इन्जिन र माइल्ड हाइब्रिड पावरट्रेनमा समेत उपलब्ध हुनेछ ।

रेनो–निसान–मित्शुवीसी एलायन्सले विकास गरेको सीएमएफ बी प्ल्याटफर्ममा निर्माण हुने यो एसयूभीमा डीआरएल सहितको स्प्लीट हेडल्याम्प रहनेछ । यसको टेललाईट पनि फरक डिजाइनको टिसेपमा रहनेछ ।

मल्टी लेयरड्यास बोर्ड, टुइनस्कृन सेटअप, अरेन्ट र ह्वाइट थिमको युनिक कलरको इन्टेरियर यसका थप विशेषता हुन् । यस बाहेक अन्य जानकारी केही दिन भित्रै सार्वजनिक हुनेछ ।


Back_to_top