काठमाडौं । निकै लामो समयसम्म बुकिङपछि टाटा नेक्सन र टिगोर ईभी कुर्नु पर्ने अवस्थाको अन्त्य भएको सिप्रदी ट्रेडिङले जनाएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै सप्लाई सहज बन्दै गएको जनाएको हो ।
सुरुवातमै धेरै ग्राहकले नेक्सन ईभी बुकिङ गरेको कारण सप्लाई सामान्य बनाउन कम्पनीलाई धेरै समय लागेको थियो । अहिले पनि टाटा मोटर्सको विद्युतीय गाडीको माग भारत र नेपालमा उच्च रहेको छ । यो मागलाई सम्बोधन गर्न पछिल्ला महिनामा २०० वटा भन्दा बढी इलेक्ट्रीक गाडीको सप्लाई भइरहेको थियो ।
सिप्रदीका अनुसार अब ग्राहकले पहिले बुकिङपछि जस्तो धेरै समय कुरिरहनु पर्ने छैन । टाटा इन्डियाले फोर्ड इन्डियाको गुजरात प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौंता गरिसकेको छ । यो प्लान्टबाट वार्षिक ४ लाख २० हजार यूनिट विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीले योजना बनाएको छ ।
विद्युतीय कारको आक्रमक बजार विस्तार गर्ने योजनामा रहेको टाटाले निकट भविष्यमा नै विभिन्न डिजाइन र मूल्यका १० नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ ।
टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको ईभी गाडीहरुको विक्री वितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा भएको छ । विशेषगरी चार्जिङ नेटवर्क लगायतका क्षेत्रमा सिप्रदीले ठूलो लगानी गरेको छ ।
सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंग स्टेशन र १०० वटा स्लो चर्जिंग प्वइन्ट स्थापना गरेको छ ।


