दुई मोटरसाइकलमा आगलागी

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ । 

हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका-४ का माधव मैनालीको बा ९ प ३१०१ र सोही स्थानमा रहेको खाजाघरमा काम गर्ने काभ्रे बनेपाका विनोद तामाङको बा ५९ प २२६६ नंको मोटरसाइकलमा आगलागी भएको हो । 

मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हुनसक्ने मैनालीले बताए । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । 


Back_to_top