यस्तो छ टिभीएस एनर्टक स्कूटर, सबै फिचर स्मार्ट, कारको अनुभूति !

काठमाडौं । टिभीएसको लेटेस्ट स्कूटर एनर्टकले पछिल्ला दिनमा निकै चर्चा बटुली रहेको छ । यो टिभीएसको स्मार्ट स्कूटर हो । यसलाई कम्पनीले भारतीय बजारमा बिक्री वितरण सुरु गरिसकेको छ । यसको भारतीय बजारमा ५८ हजार ७ सय ५० भारु मूल्य तोकिएको छ । 

कारहरुमा मोबाइल कनेक्ट गर्ने फीचर धेरै पहिलेदेखि थियो तर पहिलो पटक स्कूटरमा मोबाइल कनेक्ट गर्ने अप्शन दिइएको छ । आफ्नो मोबाइलमा एक एप डाउनलोड गरेर ब्लूटूथबाट स्कूटरमा मोवाइललाई कनेक्ट गर्न सकिन्छ । त्यसपछि तपाईंलाई कसले कल वा मेसेज गरेको छ भन्ने कुरा स्कूटरको डिजिटल कन्सोलमा देख्न सकिने छ । 

डिजिटल कन्सोलमा सबै जानकारी

स्कुटरमा स्पोर्ट मोड दिइएको छ जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ । 

यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ । 

त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी (डिस्टेंस), टाइम, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ । 

फिर्चस्

१२५ सीसीको इन्जिन दिइएको यसले ९.३ बिएचपी पावर दिन्छ । १०.५ एनएमको टर्क उत्पादन गर्ने यस स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ । यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्र्रेक दिइएको छ । 

यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ । 


Back_to_top