काठमाडौं । विश्वका अधिकांश नेताहरूले एयर फोर्स वान जाहज चढ्छन् । तर यसको अर्थ यो होइन की सबै नेताले एयर फोर्स वान नै चढ्छन् ।
बेलायती महारानी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन तथा जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो अफिसियल भ्रमणका लागि आफ्नै निजी जेटमा यात्रागर्ने गरेका छन् ।
विश्वका नेताहरूले कस्ता जेट चढ्छन र ति जेटको मूल्य कति पर्छ ? धेरैलाई कौतुहल्ता लाग्न सक्छ । यहाँ विश्वका मँहगा जेट चढ्ने ६ नेता र तीनले चढ्ने विमानको मुल्यका बारेमा चर्चा गरिएको छ ।
१ . बेलायती महारानी
जहाजः बोइङ ७४७ अथवा ७७७
मूल्यः ७ करोड ७५ लाख युरो
बेलायती महारानी एलिजावेथ केवल एक जहाजमा मात्र यात्रा गर्दिनन् । उनकालागि राज्यले आवश्कताअनुसार जहाजको व्यवस्था गरेको छ । महारानीले विदेश भ्रमणमा जाँदा रोयल एयर फोर्सको थर्टीटू स्क्वाड्रन प्रयोग गर्छिन । त्यस्तै उनले आन्तरिक भ्रमणका लागि २ एडब्लू १०९ हेलिकप्टर, ६ बीएइ–१२५ लगायत प्रयोग गर्छिन । राजपरिवारले आवश्यकपर्दा बोइङ ७४७ वा ७७७ ब्रिटिस एयरलाइन्स वा भर्जिन एटलान्टिकबाट भाडामा लिने गरेको छ ।
२. रूसी राष्ट्रपति भ्लादिमिर पुटिन
जहाजः आइएल–९६–३०० पीयू
मूल्यः ३९ करोड पाउन्ड
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामै बनेको जहाज प्रयोग गर्छन । यो प्लेन अत्यधिक प्रविधि युक्त रहेको बताइएको छ । पुटिनले प्रयोग गर्ने जस्तै प्लेन ३ वटा रहेको र उनी कुन प्लेटमा गए भन्ने मानिसहरुले पत्तालगाउ नै मुस्किल हुन्छ ।
३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
जहाजः एयर फोर्स वान
मूल्यः ७८ करोड पाउन्ड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने जहाज एयर फोर्स वान हो । यसलाई एयर फोर्स वान भनिएपनि यो बोइङ ७४७–२०० बीको उच्च मोडिफाइड रुप हो । ट्रम्पको प्लेनलाई पनि उच्चप्रविधि युक्त बनाइएको छ जसले धेरै खतराहरु टार्ने बताइन्छ ।
४. चिनियाँ राष्ट्रपति सीचिनफिङ
जहाजः बोइङ ७४७–४००
मूल्यः १९ करोड ५० लाख पाउन्ड
जनबादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग आफ्नो निजी जहाज भने छैन । तथापी एयर चाइनाको दुईवटा बोइङ ७४७–४०० सँधैकालागि सीले प्रयोग गर्छन । प्लेनमा आवश्यकता अनुसार लिभिङ रुम, वेडरुमसमेत बनाउने गरिएको छ । यो जहाज राज्यको सुरक्षा निकायबाट कडा निगरानी गरिँदै आएको छ ।
५. जर्मन चान्सलर एंगेला मर्केल
जहाजः एयरबस ए ३४०
मूल्यः २३ करोड ५० लाख पाउन्ड
जर्मन चान्सलर एंगेला मर्केलसँग दुईवटा जहाज छन् । उनीसँग दुईवटा एयरबस ए ३१९ र बमबार्डिर ग्लोबल ५००० रहेको छ । दुबै प्लेनमा एन्टी–मिसाइल डिफेन्स प्रविधि जडान गरिएको छ । आन्तरिक यात्रामा मर्केलले युरोकप्टर एएस ५३२ प्रयोग गर्छिन ।
६. फ्रान्सका राष्ट्रपति इम्यानुवल म्याक्रोन
जहाजः एयरबस ए ३३०–२००
मूल्यः २१ करोड पाउन्ड
फ्रान्सका पूर्व राष्ट्रपति फ्रास्वाँ अलण्डले प्रयोग गर्दै आएको जहाज वर्तमान राष्ट्रपति म्याक्रोनले चढ्दै आएका छन् । उक्त जहाजमा बेडरुप किचेन लगायत सुविधा रहेको छ ।