बीच बाटोमा टायर पञ्चर भयो, यसरी गर्नुस् २० मिनेटमा चेञ्ज

काठमाडौं । यात्राको समयमा अकस्मात टायरमा समस्या आउँन सक्छ । लामो तथा छोटो दूरीका यात्राको लागि निक्लिएको समयमा अकस्मात गाडीको टायर बिग्रिए अवस्थामा तत्काल मेकानिक भेट्टाउन सम्भव नहुन पनि सक्छ । तर, यस्तो आकस्मिक अवस्थामा २० मिनेटमा नै टायर परिवर्तन गर्न सकिन्छ । जसका लागि उपयोगी तरिका यस्ता छन् ।

ज्याक गलत पोजिशनमा लगाइएको छ/छैन, ध्यान दिनु आवश्यक छ । त्यसपश्चात् विस्तारै ज्याकलाई उठाउँदै लैजानेसँगै कार र ज्याक दुबैलाई स्थीर राख्नुपर्छ । 

यदि कारको टायर बिग्रिएको अवस्थामा तपाईं बीच सडकमा हुनुहुन्छ भने ट्राफिक रोडबाट गाडी हटाएर साइडमा राख्नुहोस् । गाडीलाई सहजै रोक्नको लागि इमर्जेन्सी ब्रेक दबाउनुहोस् । कारलाई फ्लाट सर्फेसमा राखेर कारलाई ब्यालेन्समा ल्याउनुर्छ । यसपश्चात्मात्र टायर परिवर्तनको काम सुरु हुन्छ । 

त्यसपछि, रेञ्चको मद्दतले नटले खुकुलो बनाउनुपर्छ । रेञ्चुलाई टायरको लग नेट्समा राखेर खोल्न सुरु गर्नुहोस् । नट्स धेरै टाइट हुने भएकाले खोल्नका लागि निक्कै बल प्रयोग गर्नुपर्ने हुन्छ । नट्सलाई खुकुलोमात्र बनाउनुपर्छ । टायर बाहिर निक्लिएको खण्डमा गाडीलाई ब्यालेन्समा राख्नका लागि ज्याकको प्रयोग गर्न सकिन्छ ।

वालवर्कलाई ज्याकको सहाराले टिकाइराख्नुपर्छ । सो समयमा ज्याक गलत पोजिशनमा लगाइएको छ/छैन, ध्यान दिनु आवश्यक छ । त्यसपश्चात् विस्तारै ज्याकलाई उठाउँदै लैजानेसँगै कार र ज्याक दुबैलाई स्थीर राख्नुपर्छ । 

लग नट्स हटाएपछि फ्लाट टायरलाई कारबाट हटाएर जमिनमा राख्नुपर्छ । तर, टायरलाई हटाउँदा रोल नगर्दा उचित हुन्छ । 

त्यस पछाडि स्पेयर टायरलाई कारमा लगाई नट्स लगाएर विस्तारै कस्नुपर्छ । नट टाईट भएपश्चात् ज्याकलाई तल गरिकारलाई जमिनको सहतमा ल्याउनुपर्छ । आफ्नो हातले टायरमा नट कसिसकेपछि त्यसलाई रेञ्चको सहायताले बलियोसँग टाईट गर्नुपर्छ ताकि टायर बाहिर ननिस्कियोस् ।

यसरी, तपाईंले आकस्मिक समयमा गाडीको टायर बिग्रिएको अवस्थामा मेकानिकको सहयोगबिना नै छोटो समयमा टायर परिवर्तन गर्न सक्नुहुन्छ ।


Back_to_top