यस्ता छन् मोटरसाइकल चालकले जान्नै पर्ने हातले गरिने ६ संकेत

काठमाडौं । हामीले मोटरसाइकलमा सिग्नलका लागि अगाडि र पछाडिको भागमा दिएको इन्डिकेटर त देखेको छौ । तर यी सिग्लनले सबै कुरा इन्डिकेट गर्न सक्छन् त ? या राइडरले पनि थप सिग्नल दिन सक्छन् भन्ने चर्चा गर्नु पर्ने हुन्छ ।

मोटरसाइकलमा भएका यस्ता इन्डिकेटरले टर्न सिग्नल दिने र मौसम खरावीका कारण सडकमा हुने कम भिजिवलीटी वा कुनै आकस्मीक अवस्थामा हार्जाड लाइटको प्रयोग गर्ने मात्र हो ।

यदि तपाई ग्रुप राइडिङमा जाँदै हुनुहुन्छ भने अन्य धेरै सिग्नलको प्रयोग गर्नु पर्ने हुन सक्छ । त्यस्ता सिग्गनहरु प्रायःजसो मोटरसाइकल राइडरले बायाँ हात वा दायाँ खुट्टाले गर्ने गरेको पाइन्छ । विशेष गरेर ग्रुप राइडमा जानेहरुले यस्ता सिग्नलको बारेमा जानकारी राख्नु उपयुक्त मानिन्छ ।

मोटरसाइकल राइडिङ कल्चरको नेपालमा बढ्दो लोकप्रियतासँगै यस्ता संकेतको उपयोगीता बढ्दै गएको देखिन्छ । यसरी व्यबस्थित रुपमा राइडमा जाँदा विभिन्न नियमहरु पालना गर्नु पर्ने हुन्छ । मोटरसाइकल राइडिङ भन्ने वित्तिकै मोटरसाइकललाई उच्च गतिमा कुदाउने मात्र होइन । ग्रुप राइड गर्दा मार्सलले दिएको निर्देशन तथा संकेतहरु पालना गर्नुपर्ने हुन्छ ।

१ बायाँ मोड्ने

मोटरसाइकल राइडरले मोटरसाइकल बायाँ मोड्नु पर्दा बायाँतर्फको टर्न इन्डिकेटर बाल्ने गर्छन् । तर, इन्डिकेटर बिग्रिएको अवस्थामा वा ग्रुप राइड जाँदा मार्सलले बाँया मोड्ने संकेत गर्नका लागि हातले संकेत गर्न सक्छन् । बाँया मोड्नका लागि मार्सलले बायाँ हातलाई कुमको सिधा गरेर बायाँतर्फ संकेत गर्ने गर्छन् । यदि राइडमा रहेको समयमा राइडले यस्तो संकेत गरेमा दायाँ मोड्ने संकेत भनेर बुझ्नु पर्छ ।

२ दायाँ मोड्ने

मोटरसाइकल मार्सलले दायाँ मोड्ने संकेतका लागि पनि बायाँ हातले नै संकेत गर्ने गर्छन् । दायाँ मोड्ने संकेतका लागि बायाँ हातको कुइनाभन्दा अघिको भागलाई माथि लगेर मुठ्ठी कसेको संकेत गर्नु पर्ने हुन्छ । राइडका क्रममा राइडरले यस्तो संकेत गरेमा दायाँ मोड्ने भनेर बुझ्न जरुरी हुन्छ ।

३ रोक्ने संकेत

राइडरले बायाँ हात तल लगेर हातका हत्केला पछाडि देखाएको छ भने यो रोक्ने संकेत हुन्छ ।

४ खतरा/जोखिम

राइडरले बायाँ हातले कुनै बस्तुलाई इंकित गरेर देखाएमा वा सिम्वोलिक रुपमा देखाएमा अगाडि कुनै खतरा वा जोखिम छ है भन्ने संकेत हुन्छ । यसमा राइडरले बायाँ हातले सिधा बायाँतर्फ चोरी औलाले देखाएमा वा यस्तो अबस्थमा दायाँ खुट्टा तल झारेर समेत संकेत दिन सक्छन् ।

५ फ्युल

राइडरले आफ्नो मोटरसाइकलको फ्युल सकिएको संकेत गरेर ग्रुपका अन्य सदस्यलाई जानकारी दिन सक्छन् । यसका लागि राइडले बाँया हात तल झारेर थम्स डाउन सिंनल दिनु पर्नेछ ।

६ प्रहरी चेकिङ/चौकी

राइडिङका क्रममा चेकिङ वा चौकी अगाडि आएमा राइडले हातले संकेत गरेर ग्रुपका अन्य सदस्यलाई जानकारी दिन सक्छन् । यसका लागि राइडरले बायाँ हात आफ्नो हेलमेटको फ्रन्ट तिर लग्नुपर्छ । प्रहरीहरुले सलाम गरेको जस्तै संकेत गरेर अगाडि प्रहरी चौकी वा चेकिङ छ भन्ने संकेत दिन सक्छन् ।

यसका अलावा अन्य धेरै प्रकारका हाते सिंनलहरु राइडरले हातले संकेत गर्न सक्छन् ।


Back_to_top