काठमाडौं । भारतीय कम्पनी आफ्टेक मोटर्सका दुई पाङ्ग्रे सवारी साधन विक्री गर्ने आधिकारीक वितरक र डिलहरु माग गरेको छ । आफ्टेक इन्डिया प्रालि (नेपाल) नामबाट कम्पनीले एक विज्ञापन प्रकाशित गर्दै आधिकारीक वितरक र डिलर माग गरेको हो ।
दुई वर्षअघि म्याक्स भिजनले नेपालमा सार्वजनिक गरेको आफ्टेकका उत्पादन राम्रोसँग बजार लिन नसकेसँगै कम्पनीले आधिकारीक वितरक परिवर्तन गर्न लागेको हो ।
भारतीय मोटर कम्पनी आफ्टेकले अहिले तीन मोडलका मोटरसाइकल र एउटा स्कुटर उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरेका सबै मोटरसाइकल १७० सीसी क्षमताका छन् ।

टर्बो टीआर–१७०, नाइट राइडर १७० र स्कोर्पिन एसआर १७० मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको कम्पनीले एउटा इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको छ ।
झट्ट हेर्दा नेकेड, क्रुजर र सेमी फियर्ड देखिने यी मोटरसाइकलमा १७० सीसी क्षमताको एफआई इन्जिन उपलब्ध रहेका छन् । सुरक्षाको लागि मोटरसाइकलमा एबीएस फिचर उपलब्ध रहेको छ ।
यसमा दिइएको ४ स्टोक काउन्टर व्यालेन्सर इन्जिनले ८००० आरपीएममा १४ बीएच पावर र ७५०० आरपीएममा १३.५ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स जडान गरिएको छ ।
यसको डिलर लिन चाहने व्यवसायीक फर्मले आवेदन दिन सक्नेछन् ।


