होन्डा र बजाजले मूल्य बढाए, यामाहा र टीभीएसको साउन १ गतेबाट बढ्ने

काठमाडौं । भारतमा उत्पादन भएर आउने अधिकांश कम्पनीले मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेका छन् । होन्डा र बजाज कम्पनीले आफ्ना धेरै विक्री हुने मोडलको मूल्य बढाएका हुन् ।

यामाहा, टीभीएस र हिरोले पनि मूल्य बढ्ने संकेत गरेका छन् । यामाहाले साउन १ गतेबाट आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्ने भन्दै ग्राहकलाई त्यसअघि मोटरसाइकल किन्न विभिन्न अफर दिइरहेको छ ।

पछिल्ला दुई वर्ष कोभिड १९ संक्रमणले विश्व बजारमा नै सवारी साधनको मूल्य बढाएको देखिन्छ । विशेषत स्टील, प्लास्टिक, ट्रान्सपोर्टेशन लगायतका बस्तु तथा सेवाको मूल्य बढ्दा मोटरसाइकलको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।

‘अहिले उत्पादकले नै मूल्य बढाएर पठाएकाले यहाँ मूल्य बढाउनु परेको हो । कुनै एउटा मात्रै कम्पनीको होइन, सबै उत्पादकले मूल्य बढाएका छन् । त्यसैले यहाँ पनि मूल्य बढी रहेको छ’, जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले भने ।

बजाजको बढेको मूल्य थाहापाउन यहाँ क्लिक गर्नुहोस्

अग्रावालका अनुसार जगदम्बा मोटर्सले विक्री गर्ने टीभीएसका मोटरसाइकल तथा स्कुटरको मूल्यपनि साउन १ गतेबाट बढ्ने छ । त्यस्तै हिरोका उत्पादनको मूल्य पनि भारतमा बढेको छ । यस्तोमा हिरोले पनि नेपालमा मूल्य बढाउन सक्ने देखिएको छ ।

अधिकांश कम्पनीले २ देखि ५ हजार मूल्य बढाउँदै

मूल्य बढाएका कम्पनीले २ देखि ५ हजार रुपैयाँसम्मले वृद्धि गरेका छन् । एकैपटक धेरै मूल्य बढाउँदा ग्राहकलाई धेरै अफ्ठ्यारो पर्ने भएकाले पनि विस्तारै मूल्य समायोजन गर्दै लगेको विक्रेता कम्पनीहरुको भनाई छ ।

होन्डाको बढेको मूल्य थाहापाउन यहाँ क्लिक गर्नुहोस्

बजाजले मूल्य बढाएका मोडलमा दुईदेखि ५ हजार बढाएको छ भने होन्डाले पनि २ देखि ६ हजारसम्म मूल्य बढाएको छ । यामाहाले आफ्ना उत्पादनमा ५ देखि ८ हजारसम्म मूल्य वृद्धि हुने जनाएको छ । टीभीएसले पनि यहि अनुपातमा मूल्य वृद्धि गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top